सलाङ चिनारी

सलाङ साच्चै शुन्दर, शालिन, पुर्ण र अटल छ । शीरमा ढेवुवा लेक सिद्दबाबा तल दायाँ र वायाँ क्रमश वुढीगण्डगी र त्रिशुलीको कञ्चन सरिता चुमेको छ । हरियाली धरातलिय वनावट सल्लाका रमाइला वगैचाहरु लेक, खर्क, वेशी सम्मका तरेली गराहरु झकिझकाउ शुन्दर ग्रामिण वस्तीहरु सनातनकाल देखिको मौलिक सामाजिक परिवेश, अन्य चौतर्फि तवरले पनि साच्चै नै धनि पाउन सकिन्छ ।
-सलाङ आफ्नो मौलिक पहिचान र अस्तित्व बोकेको गाविस,
-विभिन्न जातजाति अव्यवस्थित समाज, व्यावशायिक खेती प्रणालीमा पौरखी जनजिवन,
-साम्पदायिक र सांस्कृतिक रुपले प्रचुर पर्यटकिय सम्भावना बोकेको गाविस, आफ्नै मौलिक सांस्कृतिक पहिचान बोकेको मगर समुदायको वाहुल्यता,
-विकास पुर्वाधारले सबै ग्रामिण वस्तिलाई अंगालेको, अकला,सिद्दवावा,रेवती,कालिदेवी,पञ्चकन्या लगायत थुप्रै प्राचिन धार्मिक स्थलले भरिपुर्ण गाविस
-एक आपसमा सामाजिक सहिष्णुता कायम भएको गाविस, सामुदायिक वन विकास व्यावस्थापनको धनि गाविस,
-औपचारिक,अनौपचारिक गैरसरकारी लगायत अन्य संस्थाहरुद्वारा प्रशस्त कार्यक्रम परिचालन गरिएको गाविस,
शुन्दर शान्त यो सलाङलाई समग्र दृष्टिकोणले हेर्दा साच्चै नै छलाङ दिईरहेको छनक देखिन्छ ।
यो सामाग्री बच्चुराम थापाको फेसबुकबाट लिईएको हो सालाङ गाविस बारे तपाईलाई पनि थप जानकारी भए globaldhading@gmail.com मा पठाउनु होला हामी अवश्य राख्ने छौं ।