नीलकण्ठ नगरपालिका परिचय

muni maap 2
परिचय
उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णयानुसार नीलकण्ठ, साङ्कोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गा.वि.स.लाई समेटेर स्थापना भएको हो । देशको राजधानी काठमाडौं देखि ८९ कि.मी मा यो नगरपालिका अवस्थित छ । साविकको नीलकण्ठ गा.वि.सको नामलाई नै कायम गरी यो नगरपालिकाको नामाकरण नीलकण्ठ गरिएको छ । जसको अर्थ भगवान शिवले विष सेवन गरि आफ्नो कण्ठमा राख्नु भएको र कण्ठ नीलो भएकोले नीलकण्ठ नामाकरण भएको किम्बदन्तीमा उल्लेख छ । साथै थोपल खोला नजिक रहेको “ढाँडदेवी मन्दिरलाई नीलकण्ठ बनाइएको भन्ने पनि इतिहासमा उल्लेख छ ।

भौगोलिक अवस्थिति:
१) समुन्द्र सतहदेखि उचाई: ६१२ मी
२) क्षेत्रफल: १०७.२ वर्ग कि.मी (Dept. of Survey)
३) सिमाना: पूर्व— धुवाँकोट, खाल्टे
पश्चिम— चैनपुर, ढोला र नलाङ
उत्तर— ज्यामरुङ र कटुञ्जे
दक्षिण— कुम्पुर र कल्लेरी
४) अवस्थिति
देशान्तर: ८४º५३ʹ२५ʺ E
अक्षांश: २७º५४ʹ३८ʺ N
५) राजनैतिक एवं प्रशासनिक विभाजन:
विकास क्षेत्रः मध्यमाञ्चल
अञ्चलः वाग्मती
जिल्लाः धादिङ
निर्वाचन क्षेत्रः क्षेत्र नं २
वडा संख्याः १३ वडा
घरधुरीः ९६२०
जनसंख्या: ४३१४८(घोषणा हुँदा)
३९५७८९ऋद्यक् २०११०
जनघनत्व: ३६९ वर्ग कि.मी
क्याम्पसः ३ वटा
उच्च मा.वि.:७ वटा
मा.वि.: ९ वटा
नि.मा.वि.: ६ वटा
प्रा.वि.: ३७ वटा
अस्पतालः १ वटा
सामुदायिक अस्पतालः १ वटा
हेल्थपोस्टः ४ वटा
चलचित्र भवनः १ वटा
पुरानो निलकण्ठ – ७,८,९ वर्डालाई नीलकण्ठ न.पा. वडा नं १ बनाईएको
पुरानो निलकण्ठ – ३,४,६ वर्डालाई नीलकण्ठ न.पा. वडा नं २ बनाईएको
पुरानो निलकण्ठ – ५ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ३ बनाईएको
पुरानो निलकण्ठ – १,२ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ४ बनाईएको
सुनौलाबजार –९ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ४ बनाईएको
सुनौलाबजार –३,४ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ५ बनाईएको
सुनौलाबजार –१,२,५ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ६बनाईएको
सुनौलाबजार –६,७,८ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ७ बनाईएको
मुरलीभञ्ज्याङ – १,२,३ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ८ बनाईएको
मुरलीभञ्ज्याङ –४,५,६ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ९ बनाईएको
मुरलीभञ्ज्याङ –७,८,९ वर्डालाई नीलकण्ठ न.पा. वडा नं १० बनाईएको
साङकोष – ४,५,६ वर्डालाई नीलकण्ठ न.पा. वडा नं ११ बनाईएको
साङकोष –१,२,३ वर्डालाई नीलकण्ठ न.पा. वडा नं १२ बनाईएको
साङकोष ७,८,९ वर्डालाई नीलकण्ठ न.पा. वडा नं १३ बनाईएको

सयुक्त वडा कार्यालय रहने स्थान
१,२,३,४ न.पा. वडाहरु कार्यालय नीलकण्ठ ३, धादिङवेशी
५,६,७ न.पा. वडाहरु नीलकण्ठ ६, सुनौलाबजार
८,९,१० न.पा. वडाहरु नीलकण्ठ ८ , मुरलीभन्ज्याङ