नलाङ गाविस परिचय

बाहुन, क्षेत्री, गुरुङ, नेवार, तामाङ लगाएतका बहुसमुदायको बसोबास रहेको नलाङ नलाङ गाउँ विकास समिति १० हजार २ सय जनसंख्या छ भने मतदाता सख्या ४ हजार ५ सय छ ।
त्यस्तै घरधुरि संख्या १ हजार ७ सय ५० छ भने कच्चि सडक, सिंचाई आदिको पुर्वाधार विद्यमान हुनुको साथै निम्नानुसारका कृषि फर्महरु छन् ।
कृषिमा तथा पशुपालनमा नलाङ

व्यवसायिक दुध उत्पादन, तरकारीखेति, माछापालन, मौरीपालन

पाउलोनिया खेतिः नलाङ्गमा हमलसालै सुरु गरिएको पाउलोनिया खेति यस ठाउँमा नयाँ र अनुकरणिय कार्यको रुपमा लिईएको छ ।
कफी बगौंचा: ठाँटी भञ्ज्याङ नजिकमा लगाईएको कफीको लागि पनि प्रचुर संम्भावना रहेको क्षेत्र पुष्टि गरेको छ ।

पात्ले गाउँको सुन्तला र नर्सरी: यो क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र र नर्सरी बिकास स्थल बनिसकेको छ ।

अलटरनेटिभ एग्रो सोलुशन प्रा.लि.: सिमित युवाहरुको लगानिमा शुरु व्यवसायिक बाख्रा पालन अन्य क्षेत्रको लागि पनि पे्ररणाको श्रोत बनेको छ ।

दोभान फेमिलि एग्रो प्रडक्ट प्रा. लि.: बजारका लागि सदरमुकाम धादिङबेसीबाट मात्र १० किलोमिटरमा रहेकोले यसको प्रवद्र्धन गर्न सक्दा आयआर्जनको राम्रो श्रोत विस्तार हुन्छ ।

फलेते र बलम डाँडाँमा सुन्तलाखेती: यो क्षेत्र पनि सुन्तला उत्पादनको पकेट क्षेत्र बनिसकेको छ । रामहरी सिलवालले सुरुगरेको व्यवसायीक सुन्तला खेती अहिले अकर्षक बनि रहेको छ ।

लप्साङकर्पो एग्रिकल्चर्स प्रा. लि.: नमुना योग्य व्यवसायिक गाई पालन अर्थात् दुग्ध उत्पादन केन्द्र

सुन्दरीपानीमा तरकारी खेती पकेट क्षेत्र: सुन्दरी पानी को तल्लो क्षेत्रलाई अहिले तरकारी पकेट क्षेत्रको रुपमा चिन्ने गरिन्छ ।

रेसमखेतिः नयाँ बस्ती रेशमखेतिको पकेट क्षेत्र बनिसकेको छ ।

पर्यटनको दृष्टिमा

धादिङ जिल्लाको सल्यानटार बहेका सबै गा.वि.स. अवलोकन गर्न सकिने १६ सय मिटर अग्लो ढेवालेक पर्यटकिय हिसवले सुन्दर पक्ष हो । यो ढेवालेक सँगै जोडिएको सिद्ध मन्दिर धादिङ जिल्लाकै महत्वपुर्ण र धेरै सम्भावना बोकेको पर्यटकिय क्षेत्र हो ।