जिल्ला होटल संघ धादिङको अध्यक्षमा राजकुमार श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
बिहिबार, पुस ५, २०७५

धादिङ पुस ५ । जिल्ला होटल संघ धादिङको अध्यक्षमा धादिङबेसी स्थित आर. के. गेष्ट हाउसका प्रोपाईटर राजकुमार श्रेष्ठ चयन भएका छन् ।

धादिङ जिल्लामा संचालनमा आएका होटल व्यवसायीहरुको साझा संस्थाको रुपमा स्थापित जिल्ला होटल संघ धादिङ ०६५ सालमा स्थापना भएको संस्था हो ।

१० औं वर्ष प्रवेष गर्दै गर्दा भएको जिल्ला अधिवेसशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसहमतिले चयन गरेको छ, जसको पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष श्री मुना गोतामे, द्धितिय उपाध्यक्ष रामशरण सिलवाल, महासचिव राजन दनै, सचिव सन्तोष थापा, कोषाध्यक्ष प्रकाश त्रिपाठी रहेका छन् ।

धादिङका होटलहरु काठमाडौं र पोखराको तुलनामा महंगो रहेको, बालबालिका प्रयोग गरिएको, राजमार्गमा क्षेत्रका होटलहरुले बासी खाना खुवाउने गरेको गरेको पाईएको छ । होटल संघको कार्यसमिति नयाँ बने सँगै यस्ता समस्यहरु सुधार होलान् त ? धादिङपोष्ट सँग कुरा गर्दै नव निर्वाचित अध्यक्ष राजकुमार श्रेष्ठ भन्छन् हामी होटल व्यवसायीहरुले बालबालिका प्रयोग गर्दैनौं त्यस्तो पाईए जानकारी गराउनु होला कार्वाही गरिने छ, अर्को कुरा अन्त भन्दा धादिङका होटलहरु महंगो भन्ने सुनिएको पक्कै हो सेवा र गुणस्तरको आधारमा हेर्ने हो भने धादिङका होटलहरु महंगा होईनन् । बालबालिका प्रयोग र बासी खाना, मुल्य सूची नराखेको कुरा गैरकानुनी हुन् यसबारे होटल व्यवसायीहरु सचेत छन् ।