अनमोल फुटसल खेल शुक्रबारबाट

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १०, २०७४

धादिङबेसी फागुन १०। धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट फुटसल प्रतियोगिता आयोजना गरेका छन् ।

धादिङबेसीमा विगत १ वर्ष अघि देखि संचालनमा आएको फुटसलमा हुन लागेको यो दास्रो ठुलो राशीको भएको प्रतियोगिता यो दोस्रो हो ।

अनमोल भण्डारी फुटसल कप नाम दिईएको उक्त प्रतियोगिता २०७४ फागुन ११ गते (शुक्रबार) देखि फागुन १२ गते सम्म हुने बताइएको छ ।

धादिङपोष्ट डटकम सँग कुरा गर्दै अनमोल भण्डारी भन्छन्- यो प्रतियोगिता युवा प्रत्सोहानका लागि हो । व्यक्तिगत लगानीमा हुन लागेको प्रतियोगोति धादिङ कै पहिलो भएको दावी गर्दै फुटसल खेल्ने जोकोहिले पनि ७ जनाको टिम बनाएर प्रतियोगितामा भाग दिन सक्ने छन् । खेलमा इच्छुक क्लव, समुहलाई झनै सहज होस्, भनेर खेल हुनु १ घण्टा अगाडी सम्म टिम दर्ता गर्न मिल्ने गरेका छौ ।

यस्तो छ, पुरस्कारहरु
१. प्रथम पुरस्कारः नगद रु.५०,००० ट्रफि, मेडल, प्रमाण पत्र०
२. द्धितिय पुरस्कारः नगद रु.३०,००० ट्रफि, मेडल, प्रमाण पत्र०
३. उत्कृष्ट गोलरक्षक र उत्कृस्ट खेलाडी: नगद रु.५,०००/५,००० सहित मेडल्, प्रमाण पत्र