नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १०, २०७४

काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा यो वर्ष १२२ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा
नेपाल गतवर्षको तुलनामा नेपाल ९ स्थानले सुध्रिएको हो ।

गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् ।

सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड परेको छ । त्यसैगरी डेनमार्क दोस्रो स्थानमा छ । उनीहरुले क्रमशः ८९ र ८८ अंक पाएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने सोमालिया परेको छ । सोमालियाले ९ अंक मात्र प्राप्त गरेको छ । दक्षिण एसियाली देशमध्ये बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं, भुटान २९ औं स्थानमा छन् ।