धादिङ महोत्सवमा हात्ती सँगै हेलिकप्टर चड्न पाइने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ८, २०७४

धादिङबेसी फागुन ८ । फागुन १६ गते देखि सुरु हुने धादिङ महोत्सवमा हात्ती सँगै हेलिकप्टर चड्न पाइने आयोजकले जनाएको छ ।

‘समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहाना’ भन्ने नाराको साथ साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङले आयोजाना गरेको महोत्सवमा जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्वरोजारका लागि युवाहरुलाई आकर्षण गर्ने, जिल्लामा रहेको उद्योग, व्यवसायको प्रवद्र्धन गर्ने, जिल्लाको पर्यटन विकासमा मद्धत पुर्याउने, जडिवुटी उत्पादनलाई प्रचार प्रसार, प्रवद्र्घन तथा व्यवसायीकरण गर्ने, खनिजजन्य उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने बताइएको छ ।

यस्तै कृषी प्रदर्शनी तथा विक्री, दुध तथा दुग्धजन्य उत्पादनको प्रदर्शनी, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी, घरेलु व्यवसायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी तथा विक्रि, अन्तराष्ट्रि, राष्ट्रिय र स्थानिय कलाकारको बेजोड साँस्कृतिक कार्यक्रम हुने बताईएको छ ।

महोत्सवमा जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रर्दशनी तथा विक्रि, जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी, शैक्षिक सामग्रीको प्रदर्शनी, विक्री तथा जानकारी, आदिवासी जनजातीय भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सुचना प्रविधी सम्वन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहाँसिक स्थलको फोटो प्रदद्र्घनी तथा प्रवद्र्घन, रमाईलो मेला, जातिय खानाका परिकारहरु राखिने समेत आयोजकले बताएको छ । (पृष्ठभुमीमा देखिएको धादिङबेसीको फोटो संचार कर्मी मनिस दुवाडीले खिचेका हुन् ।)