धादिङका शंकर अधिकारी केन्द्रिय अध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ७, २०७४

धादिङ फागुन ७ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट यस संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले धादिङका अधिकारीलाई अध्यक्षतामा निर्वाचित गरेको हो ।

निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागार्इ (चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली (लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी (दाङ) रहेका छन् ।

यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश नम्बर १ बाट सीताराम अधिकारी (झापा), प्रदेश नम्बर २ बाट युगेश्वर राउत (सप्तरी) र ३ नम्बर प्रदेशबाट इन्द्रराज भट्टराई (गोरखा) उपाध्यक्षमा निर्वाचित भएकाछन् ।
प्रदेश नम्बर ४ बाट झपेन्द्र क्षेत्री (बाग्लुङ), ५ बाट मानबहादुर पाण्डे (अर्घाखाची) र ७ नम्बर प्रदेशबाट कृष्णदत्त जोशी (कञ्चनपुर) निर्वाचित भएका छन् ।

सम्मेलनले महासचिवमा निमबहादुर केसी (सल्यान) निर्वाचित गरेको छ । अर्थ उपमहासचिवमा कुलप्रसाद खतिवडा (ओखलढुंगा) र उपमहासचिवमा शान्ति ढकाल (सुर्खेत) निर्वाचित हुँदा सचिवहरुमा पुष्प न्यौपान े(काठमाडौं), सुशिला भट्टराई (बर्दिया) निर्वाचन भएका छन् ।

संगठनका अनुसार सातै प्रदेश स्तरीय कमीटीका अध्यक्षहरु केन्द्रिय कार्यसमितिमा सचिव सरह रहने छन् । यसअघि नै प्रदेश स्तरीय सम्मेलनहरुबाट १ नम्बर प्रदेशमा राजु बस्नेत, २ नम्बरबाट भूपनारायण यादव, ३ नम्बरबाट दूर्गासिंह लामा निर्वाचित भइसकेका छन् । त्यस्तै, ४ नम्बर प्रदेशबाट सोमनाथ ढुंगाना, ५ नम्बरबाट मदन शर्मा, ६ नम्बर बाट रश्मीलाल चपाइ र ७ नम्बर प्रदेशबाट दलबहादुर कार्की अध्यक्षमा निर्वाचित भइसकेका नवनिर्वाचित उपाध्यक्ष ऋषिराम चापागाईले जानकारी दिए ।

फागुन ४, ५ र ६ मा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले १३५ जनाको केन्द्रिय समिति मध्ये ९३ जना प्रत्यक्ष निर्वाचित गरेको छ भने बाँकी मनोनित हुनेछन् ।