प्याब्सन कपको उपाधी दराइजिङ भिलेजलाई

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ६, २०७४

धादिङबेसी माघ ६ । धादिङबेसीमा जारी प्याब्सन प्रेसिडेन्ट कप २०७४ को उपाधी बैरेनी स्थित दराइजिङ भिलेजले हात पारेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा दिएर भएको जिल्ला स्तरिय प्याब्सन कपमा खेलकुदका विभिन्न विधाबाट प्राप्त अंक स्कोरको आधारमा सबै भन्दा बढी अंक ल्याई दराइजिङ भिलेजले उपाधी चुमेको हो ।

कडा प्रतिस्पर्धामा रहेका दराइजिङ भिलेज र धादिङबेसी स्थित एड्भान्स एकेडेमी ५ अंकले पछि पर्दै दितिय भयो । छात्र भलिबलमा एड्भान्स एकेडेमीले दराइजिङ भिलेजलाई हराई प्रथम भएको थियो भने, छात्रा तर्फ दराइजिङ भिलेजले एड्भान्स एकेडेमीलाई हराउँर्दै प्रथम भएको थियो ।

प्याब्सन प्रसिडेन्ट कप ०७४ मा भलिबल, म्याराथुन, सटपुट, हाइजम, डान्स जस्ता खेलहरुमा प्रतिस्पर्धा गरिएको र सबै खेलमा प्राप्त अंकको आधारमा नतिजा निकालिएको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डि के ढुङ्गानाले शैक्षिक उन्नयनका नीजी क्षेत्रले महत्वपूर्ण योगदान गरेको बताएका थिए । हामी नीजी क्षेत्रका विद्यालय समामुदायी विद्यालयका सहयात्री विद्यालयभएको बताउँदै हातमा घडी हेरेर हैन समय परिस्थिति र उच्च ज्ञान शिप प्रयोग गरि अध्यापन गराउन सरकारी विद्यालयले नीजी क्षेत्रका विद्यालयबाट सिक्न आग्रह गरेका थिए ।

धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न अन्तर विद्यालय स्तरीय यस प्रतियोगितामा प्याब्सनमा आवद्ध भएका ३८ विद्यालयको सहयोग रहेको खेलकुद प्रतियोगिता तर्फ भलिबलमा छात्रा तर्फ ६ विद्यालय र छात्र तर्फ ९ वटा विद्यालयले प्रतिस्पर्धा थिए भने डान्स प्रतियोगितामा ११ विद्यालयले भाग दिएका थिए ।

प्यब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्याब्सनका केन्द्रिय समितिका उपाध्यक्ष शान्तविक्रम बानियाँ, केन्द्रिय सचिव आर. बी. कटुवाल, लगायतको आतिथ्यता रहेको थियो ।

कुन विद्यालयले कति नम्बर ल्याए अंक स्कोर समेत

दराइजिङ भिलेज प्राप्त अंक ९३ प्रथम
एड्भान्स एकेडेमी प्राप्त अंक ८८ द्वितिय
चिल्ड्रेनपार्क इङ्लिस बोर्डिङ स्कुल प्राप्त अंक ६२ तृतिय
ब्राइट फ्यूचर इङ्लिस मलेखु स्कुल प्राप्त अंक ४९ चौथो
मुनाल एकेडेमी गजुरी प्राप्त अंक ४९ चौथो
सुनगाभा एकेडेमी प्राप्त अंक ३० सान्तोना
गोल्ड स्टार प्राप्त अंक २६
ग्लोबल युनाइटेड इङ्लिस बोर्डिङ स्कुल प्राप्त अंक १८
बेनी शिक्षा सदन प्राप्त अंक ८
रोज म्यारी इङ्लिस बोर्डिङ स्कुल प्राप्त अंक ६
सल्यानटार युनाइटेड इङ्लिस बोर्डिङ स्कुल प्राप्त अंक ६
जगदम्बा इङ्लिस बोर्डिङ स्कुल प्राप्त अंक २
पाविल हिमाल एकेडेमी प्राप्त अंक ०
ब्लुमिङ लोटस इङ्लिस बोर्डिङ स्कुल प्राप्त अंक ०