धादिङबेसीमा मृगौला पिडितलाई बचाउन साँस्कृतिक कार्यक्रम

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ५, २०७४

धादिङ फागुन ५ । धादिङबेसीमा शनिबार साँझ दुबै मृगौला फेलभएका गंगाजमुना गाउँपालिका निवासी मेन्जा लामा (कागेम) लाई बचाउन आर्थिक संकलन अभियान अन्तरगत साँस्कृतिक साँझ सम्पन्न भएको छ ।

धादिङबेसी स्थित बीचबजारमा ग्लोरियस कलेज धादिङद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा दुबै मृगौला फेल भएका लामा स्वयम उपस्थित भएर सहयोगको याचना गरेका थिए ।

आर्थिक स्थिति अत्यन्त जानुक र भएको पैसा पनि उपचार गर्दैमा सकिएको वेदना लामाले सुनाएपछि कार्यक्रम स्थलमा आएका दर्शकहरुले सकेको नगद सहयोग गरेका छन् । आर्थिक संकलनमा सहयोग गर्न धादिङका स्थानिय कलाकारहरु आफ्नो प्रदशएनी मार्फत आग्रह गरेका थिए । लामाको उपचार खर्च संकलनमा अभियानमा आफुले सक्दो आर्थिक तथा भौतिक जस्तो सुकै सहयोग गर्न तयार रहेको स्वारका धनी गायक साँङ्कोष दिनासी राज गुरुङले बताए ।

कार्यक्रममा धादिङपोष्ट को पत्रकार मन्दिरा नेपाली, अस्मिता गुरुङ्, विमला श्रेष्ठ, एजिजा तामाङ लगायतले गित तथा नृत्य देखाएका थिए । आयोजक ग्लोरियस कलेजका प्रमुख विमल तामाङ लामाको उपचार खर्चका लागि देश विदेश रहनु हुने सबैलाई सहयोगको लागि समेत आग्रह गरेका छन् ।