तामाङको उपचारका लागि धादिङ समाज युएईको आर्थिक सहयोग

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३, २०७४

युएई/ धादिङ समाज युएईले आन्द्राको समस्याबाट पीडित भई मनमोहन मेमोरियल अस्पतालमा उपचारारत सरिता तामाङको लागि यही माघ २८ गते आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।।

नेत्रावती गाउँ पालिका वडा नं ५ निवासी सरिता तामाङको ठुलो आन्द्रामा घाउ भई शल्यक्रियाको लागि आर्थिक अभाव भएपछि गाउँपालिका उप्रप्रमुखले आर्थिक सहयोग गरिदिन धादिङ समाज युएईलाई पत्र लेखेको थियो । गाउँपालिकाको अनुरोधलाई स्विकार गर्दै आफ्ना सदस्यहरुलाई सक्दो सहयोग गर्नको लागि समाजले अपील गरेको धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाले बताए ।


धादिङ समाजका उपाध्यक्ष तथा नेत्रावती परोपकार समाजका अध्यक्ष होम अधिकारीको संयोजकत्वमा आर्थिक सहयोग संकलन गरि सरिता तामाङको उपचारको लागि ३० हजार रुपैया हस्तान्तरण गरिएको थियो । संयोजक अधिकारीले सहयोगी सवैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।