सिद्धलेकमा भव्य रुपमा शिवरात्री मेला सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०७४

शंकर सिलवाल
धादिङ सिद्धलेक फागुन १ । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाएको छ । हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्री पर्वको अवसरमा गत वर्षजस्तै यस वर्ष पनि धादिङको विभिन्न ठाउँमा बिहानैदेखि मेला लागेको थियो ।

शिवरात्रीको अवसरमा धादिङको नीलकण्ठ नगरपालिकामा रहेको पशुपति मन्दिर, नलाङको सिद्धालेक, कल्लेरीमा रहेको गुप्तेश्वर मन्दिरमा पूजा तथा आराधना गर्नेको भीड लागेको थियो ।

धादिङ जिल्लाका विभिन्न शिवमन्दिरहरुमा मेला लागेको छ । नलाङ स्थित सिद्धालेकमन्रिमा पनि आज भव्य मेला सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिकामा स्थित नलाङ र सलाङको बीचमा रहेको सिद्धालेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न हजारौं श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको थियो ।

यसै सिद्धलेक मेलाको अवसरमा आज मिनि म्यराथुन दौड सम्पन्न सम्पन्न भएको छ । शिवरात्री पर्व अवसरमा बिगत बर्ष मा जस्तै यस पनि छात्र एवम् छात्रा तर्फ छुट्टा छुट्टै मिनि म्याराथुन दौड कार्यक्रम सम्पन्न भएको छ । चक्रदेवी सामुदायिक समाज नेपाल सिद्धलेक २ धादिङ, नलाङ मोडेल एकेडेमीको आयोजना र सिद्धलेक गाउँ पालिकाको सामन्वयमा सन्चालन भएको मिनि म्याराथुन प्रतियोगिता सम्पन्न भएको थियो ।

धार्मिक एवं सांस्कृतिक सम्पदा संरक्षण प्रवर्धन, पर्यटन विकास र सहकार्यको लागी युवाहरु भन्ने भावनाका साथ आयोजना गरिउको खुल्ला दौड कार्यक्रममा महिला तर्फ सुमित्रा नेपाली प्रथम , प्रतीक्षा दुवाडी दितिय, गिता सुर्खेती तृतीय र सान्तोना बिनिता सिलवाल भएकी थिईन् ।

यस्तै पुरुष तर्फ दिवश थापा मगर प्रथम, अर्जुन सिलवाल दितिय, ईश्वर सुर्खेती तृतीय र सान्तोनामा मनिश अर्याल भए ।
विजेतालाई एक विशेष कार्यक्रम गरि पुरस्कृत गरिएको थियो ।

सिद्धलेक गाउपालिका वार्ड नम्बर २ का अध्यक्ष कमल बहादुर गुरुङको प्रमुख आतिथ्यता, स्पेनीस नागरिक एबम समाजसेवी फादर अल्फारोको विशेष आतिथ्यता र नलाङ मोडेल एकेडेमी का प्रीन्सिपल बलराम सिलवालको सम्योजकत्वमा सन्चालित विजेतालार्य प्रमाणपत्र , मेडल, शिल्ड, र नगद पुरस्कारले सम्मान गरिएको थियोे । उक्त पुरस्कार बितरण कार्यक्रममा सिद्धलेक गाउपालिकाका प्रमुख प्रेमनाथ सिलवाल , उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई एवम् विद्यालय श्रोत ब्यक्ति नवराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै गल्छी गाउँपालिकाको कल्लेरीमा पर्ने नाङ्गो डाडाँमा अवस्थित गुप्तेश्वर महादेव मन्दिर नीलकण्ठ नगरपालिकामा अवस्थित पशुपति मन्दिरमा मा पनि भक्तजनहरुको भिड देखिन्थ्यो ।