Dhading News

 जनयुद्ध स्मरण: धादिङमा कहाँ के भएको थियो ? (पूर्ण जानकारी)


मङ्लबार, फाल्गुन १, २०७४
धादिङ समाचार, मुख्य समाचार, विचार / ब्लग

धादिङ फागुन १ । धादिङमा जनयुद्ध दिवसमा सहभागि कम्यूनिष्ट घटकहरुले जनयुद्ध दिवस मनाएका छन् । प्रचण्ड निकट माओवादी केन्द्र, बैद्य निकट क्रान्तिकारी माओवादी, विप्लव निकट नेकपाले छुट्टा छुट्छै कार्यक्रम गरि जनयुद्ध दिवस मनाएका हुन् ।

दिवस मनाउँदै माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य पुष्पबिक्रम मल्लले राज्य पुनर संरचना सहितको संविधान सभा जनयुद्धको उपज भएको बताएका थिए ।

जनयुद्धको क्रममा धादिङमा कहाँ के भए

जनयुद्ध थालनी देखि ०५८ सम्म
आजको २१ औं शताव्दीमा विश्व कम्युनिष्ट आन्दोलनको क्रान्ति जनयुद्ध सफल पार्न र क्रान्तिपछि प्रतिक्रान्ति रोक्नको लागि नयाँ मानिस बन्नको लागि पार्टी पंक्तिलाई रुपान्तरण गर्नको निम्ति विशेष जोड गर्न जरुरी भएको छ । यो अविभारा पूरा गर्नको लागि हाम्रो जिल्ला पार्टीले मालेमावाद र प्रचण्डपथको विचार आम जनतासामू पु¥याउन प्रयत्न गर्नु पर्दछ । यसरी मात्र जनयुद्धको विकास र विस्तारको सापेक्षतामा स्थानीय जनसत्ताको निर्माण गरि केन्द्रीय राज्यसत्ता कव्जा गर्ने अविभारा पूरा गर्न आम जनतालाई गोलवन्द गर्न सशस्त्र संघर्षमा भागलिन सक्षम बनाउन सकिन्छ । यो जनयुद्धको अवधिमा पार्टीलाई नयाँ युवाहरुको नेतृत्व विकास गर्न र आधारभूत वर्गमा पार्टीको विचार राजनीति पुग्नुले आगामि योजनालाई पुरा गर्ने भूमिका निर्वाह गर्न सक्ने छ । हाम्रो धरातल अत्यन्त नै संकटग्रस्त रहेको छ ।

यस जिल्लाको विशेषतालाई ध्यान दिंदै पार्टीको योजना पूरागर्न सफल हुनेछ । यो अवधिमा हाम्रो जिल्लामा क.आइत, क.द्वन्द्वु, क.श्याम, क.दिपक, क.प्रविण, क.सागर, क.पूर्ण ब.गुरुङ समेतले नयाँ जनवादी क्रान्तिको लागि आफ्नो रगत बगाउनु भएको छ । तसर्थ उहाूहरु समेत सवै शहीदहरुको अधुरो सपना पूरा गर्न आवश्यक परेमा जीवन बलिदान गरेर भएपनि जनवादी क्रान्ति सफल गर्दै समाजवाद साम्यवादसम्म पुग्नको लागि प्रतिवद्धतासमेत जारी गर्दछ । जनताको जीत सुनिश्चित छ ।

०५८ असोज ०५९ सम्मको अवधि
युद्धविराम वार्ता पूरानो सत्ताबाट असफल पार्नेभएपछि उच्च फौजी कार्वाहीको तयारीको लागि ०५८ मंसिरमा जिल्ला पार्टीको बैठक सम्पन्न गरि रसुवा नुवाकोट धादिङ सदरमुकाममा उच्च फौजी कार्वाहीको योजना बन्यो । भने स्याङ्जा सदरमुकाम कार्वाहीको लागि जिल्लाबाट जनमुक्ति सेना पठाउने काम भयो । यो युद्धविराम शान्ति वार्ताको समय पार्टी पंक्ति जनसत्ता जनसेनाको विकासको काम उल्लेखनीय रहन गयो । र, पार्टी जनसेना र जनतावीचमा नयाँ एकता पैदा भयो । धादिङमा जिल्ला जनसरकारको र नुवाकोटमा इलाका स्तरमा जनसरकारको घोषणा कार्याक्रम भव्यताका साथ सम्पन्न भयो ।

जव ०५८ मंसिर ११ गते पूरानो सत्ताले संकटकालको घोषणा ग¥यो । तव जिल्लामा पनि पार्टी पंक्ति जनमुक्ति सेना र जनसमुदायमा श्वेत आतंक छायो । तर दुस्मनले रसुवा नुवाकोट र धादिङका सदरमुकाम र बजार क्षेत्रमा गस्ती बढाउन थाल्यो । सो क्रममा पहिलो दुस्मनको शुरुवात तीनवटै सदरमुकामहरुबाट हाम्रो पार्टीका शुभचिन्तक र समर्थकहरुको गिरफ्तारी गर्ने हत्या गर्ने बेपत्ता पार्ने क्रम तिव्र पा¥यो । सो क्रममा रसुवाका पार्टी सदस्य तथा तामाङ नेता क.वीर ब. मोक्तान, क. दिनेश (डम्वर श्रेष्ठ) धादिङ खाल्टेमा मा हत्या ग¥यो । यसरी ०५८ देखि ०५९ असार मसान्तसम्म आईपुग्दा क.सरला (अम्विका बस्नेत) क. आस्था, क.आकाश(जीतमान श्रेष्ठ) क.हरि लगायतको हत्यामञ्चन पूरानो सत्ताले ग¥यो ।

यो स्थितिमा जिल्ला उपक्षेत्रीय व्यूरो रसुवा नुवाकोट धादिङका सदस्य तथा धादिङका जिल्ला जनसरकार प्रमुख क.प्रकाश (बुद्धिलाल तामाङ) को गिरफ्तारी त्यसको विरोधमा धुवाँकोटमा ०५९ बैशाख १४ मा विरोध पर्दशन । यसै क्रममा क. सृष्टिले गिरफ्तारी पछि दुस्मनका सामु वीरता पर्दशन गर्ने काम भयो । पार्टी नेतृत्वले दुस्मनले फिंजाउने गरेको भ्रमहरुको विरोधमा दुस्मनको हत्या मञ्चन, बेपत्ता दमन र धरपकडका भ्रमजालहरुको भ्रमलाई चिर्न सफल नै रह्यो ।

यो अवधिमा पार्टीको लागि क्षतिको धक्का चैत्र १६ गतेको दिन ३ जना कमरेडहरुको शहादतले अर्कोतर्फ क.प्रकाशको गिरफ्तारीले आन्तरिक गढवडी भयो र यो जिल्लाको बर्सुनचेत गा.ज.स.का प्रमुख क.ज्वलन्त (रुपेश घले) को शहादत भयो । नुवाकोट तुप्चेका पश्चिम केन्द्रीय कमाण्डका ईञ्चार्ज तथा स्थायी समिति सदस्य क.दिवाकरका छोरा क.अनन्त (रवि बोगटी) र धादिङ खाल्टेका क.ज्वाला (डम्वर श्रेष्ठ) र क.प्रज्ञा (विमल घले)को शहादत हुन पुग्यो । क्रान्तिको लागि बलिदान अनिवार्य भएता पनि वहूाहरुको शहादतले पार्टीले धक्का नै महशुस गर्न पुग्यो । तर पनि पार्टीले दुस्मनको श्वत आतंकको विरुद्धमा लाल आतंकद्वारा जनजीविकाको सुरक्षा गर्ने कार्यमा पार्टी निरन्तर सफल नै रह्यो । यस संकटकालको अवधिमा धादिङ, रसुवा र नुवाकोटमा भएका फौजी तथा गैरफौजी कार्वाहीहरु हत्या, दमन, गिरफ्तारी जेल आदीको विवरण यस प्रकार छ ।

जनसेनाः तात्कालीन प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गरि नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनसेनाको महत्वपूर्ण भूमिका रहेको थियो । जनताको सेना विना कुनैपनि हालतमा पूरानो राज्यसत्तालाई जनताले खतम गर्न सक्दैन । यसरी प्रतिक्रियावादीको तात्कालीन शाही सेना र प्रहरीहरुलाई परास्त गर्न सकिन्छ । यहि मान्यता अनुसार जिल्लामा जनयुद्ध थालनी पछिको दोश्रो योजनामा शहीद क.विनोद (बिष्णु प्रसाद दवाडी) कमाण्डर रहेको एउटा छापामार रहेको एउटा जनसेनाको निर्माण ग¥यो । छापामार दलले एउटा फटाहालाई भौतिक कार्वाहीबाट आफ्नो कारवाही शुरु ग¥यो ।

त्यसपछि क.ज्योति, क.प्रतिक्षा, क.आइत, क.जगदीशको कमाण्डमा चारवटा छापामार दल गठन गरि चौंथो योजना बन्यो । तेश्रो योजनामा हाम्रो छापामार दलको कमाण्डो एट्याकबाट एउटा उच्च कार्वाही गर्न सफल भयो । तसर्थ पहिलो योजनादेखि तेश्रो योजनासम्मको अवधिमा आइपुग्दा यो अवधि फौजी क्षेत्रमा गुणात्मक एवं सरचनात्मक दुवै हिसावले यो अवधि अत्यन्तै राम्रो रहन गयो । फौजी योजना कार्यान्वयन गर्नको लागि क.श्याम (रामहरि थपलिया), क.दिपक, क.आइत, क.द्वन्दु, क.सागर, क.प्रविणले दुस्मनसँगको भीडन्तमा युद्धमोर्चामा लड्दा लड्दै शहादत प्राप्त गर्नुभयो । आम पार्टी पंक्तिमा वहाँहरुको शहादतले वीरतापूर्ण लड्न प्रोत्साहन एवं शिक्षा नै दियो ।
पार्टीलाई फौजीकरण गर्ने क्रममा जिल्ला पार्टीका लोकप्रिय नेता एवं तारामुमो धादिङका जिल्ला अध्यक्ष गणेश तामाङ (क.द्वन्दु)ले नुवाकोटको तारुका प्रहरी चौकी कव्जा गर्ने क्रममा लड्दा लड्दै शहादत प्राप्त गर्नुभयो । यसरी अहिलेसम्म आईपुग्दा जिल्लामा जनसेनाको विकास विस्तारको स्थिति अन्यन्तै राम्रो अवस्थामा रहेको थियो । केन्द्रीय एवं क्षेत्रीय व्यूरोको राजनैतिक एवं फौजी योजना यो जिल्लाको जनसेनाको महन्वपूर्ण भूमिका रहेको थियो ।

क्रान्तिकारी संयुक्त मोर्चाः
जिल्लाका समस्याहरु समाधान गर्न केहि भू–भागहरुमा जनसरोकार समितिहरु गठन गरि गर्ने प्रयत्नका साथ जनसत्ताको अभ्यास गर्ने काम भयो । यसले पूरानो सत्ताको स्थानीय निकायहरु अपाङ्ग हुन गयो भने ०५८ भाद्रमा जिल्ला जन सरकारको निर्वाचनद्वारा गठन गरियो । ०५८ भाद्र २ मा कटुञ्जेको थर्पुमा आयोजना भएको घोषणा सभा जिल्ला निर्वाचन आयोगका आयुत्ता बावुराम गौलीले निर्वाचित प्रतिनिधिको घोषणा गर्नुभयो । हाम्रो जिल्लामा तामाङ जातिको बाहुल्यता रहेको संयुक्त प्रतिनिधी सभामा पार्टी सेना सवै जवस मोर्चा र जनजातिहरुको १०५ जनाले निर्वाचित प्रतिनिधीहरुमा प्रमुख बुद्धिलाल तामाङ, उप(प्रमुख शेर ब. भण्डारी, सदस्य जीवन प्रसाद थपलिया (किसान), चेतनारायण श्रेष्ठ (विद्यार्थी), राम ब. तामाङ (तामाङ), इन्द्र ब. थपलिया (इलाका जनसरकार), गोपाल मिजार(दलित), रामजङ्ग तामाङ (तामाङ) दिनेश तामाङ (सेना) श्याम ब.तामाङ (सेना) गोकर्ण रानामगर, सोमती तमु(तमु) हस्त ब. तामाङ (इलाका जनसरकार) शरद चेपाङ (चेपाङ) धन ब. तामाङ (गाजस.) सन्तुमायाँ तामाङ महिला, धन ब.तामाङ (गाजस) जिल्ला संयुक्त जनसरकारले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।

फौजी र गैरफौजी संघर्षकोे पहिलो योजनाः–
पार्टी केन्द्रले यस योजनामा निम्न लक्ष्यहरु किटान ग¥यो ।
१. प्रतिक्रियावादी राज्यसत्ताको विरुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि सशस्त्र संघर्षको राजनीतिलाई व्यवहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु ।
२. नयाँ जनवादी क्रान्तिका लागि संगठनको प्रधान रुप सेना र संघर्षको प्रधान रुप युद्ध हो भन्ने मान्यतामा विभिन्न प्रकारका दलहरु तथा छापामार कार्वाहीका माध्यामबाट अभिव्यक्त गर्न ।
३. देशका विभिन्न भागमा रहेका संगठनहरुको प्रधान रुप सेना र संघर्षको प्रधान रुप युद्ध हो भन्ने मान्यतालाई विभिन्न प्रकारका दलहरु तथा छापामार कार्वाहीका माध्यामबाट अभिव्यक्त गर्ने ।
४. देशका विभिन्न भागमा रहेका मुख्य इलाकाहरुलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्नु पार्टी केन्द्रले यस योजनामा वर्तमान प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै जनताको जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं भन्ने मूल नारा भएको पोष्टर र पर्चालाई ०५२ फागुन १ गते राती धादिङबेसी सदरमुकाम र मलेखु बजारमा प्रचार प्रसार गरियो । यसको प्रभावले जनतामा नयूा परिस्थितिको सिर्जना गरिदियो ।

दोश्रो योजनाः–
०५३ कार्तिकमा त्रिपुरेश्वर गा.ज.स. वडा नं. २ सुकौरा बस्ने जन दुष्मन बाट कार्वाही गरि फौजी कार्वाही सुरु । चैनपुर गा.ज.स. बस्ने खेम प्र.लोहनीले सल्यानटार गा.ज.स. पानधारेको सार्वजनिक जग्गा स्थानीय जनताको विरोध प्रदर्शनलाई वेवास्ता गरि मिल राखेकाले माघ १ मा जनसेनाले उक्त मिलमाथि बम विस्फोटन गराई कारवाही । यस क्रममा आगिञ्चोक गोलाङका लिलानाथ पाण्डे, मुलपानी गाजसका गुण्डाले जनछापामारहरु माथि आक्रमण गर्न आएपछि त्यसको प्रतिकारमा जनछापामारले उक्त दलसँग रहेको हतियार कव्जा गरिदियो । ०५४ माघ २८ गते साँझ ६ बजे आगिञ्चोक गाजस ह्यापिङ खोला नजिक अमिली डिटीमा नेपाल बैङ्क त्रिपुरेश्वर शाखा कार्यालय कव्जा ग¥यो ।
०५४ माघ २ गते धुवाँकोट गाजसमा रहेको साना किसान बैङ्क जनसेनाले कव्जा गरि जनतालाई २५ लाख बराबरको ऋण मिनाहा गराउन सफल भयो ।
०५४ फाल्गुन १ मा जनयुद्धको तेश्रो बार्षिक उत्सवको शुभअवसरमा आगिञ्चोक गाजस छापथोकमा बस्ने पदमबहादुर शाहको घरबाट एक थान एअर गन जनछापामारले कव्जामा लियो ।
०५५ जेष्ठ १८ गते जिल्लाका लोकप्रिय नेता राम ब. भण्डारीलाई आफ्नै घर हाँसेपसलबाट गिरफ्तार गरि लगेर हत्यारो प्रहरी जत्थाले गोलाभञ्ज्याङ नजिक सडकमा गोली हानेर म¥यो भनेर फालेकोमा संयोगवश स्थानीय किसानको सहयोगमा सदरमुकाम ल्याउने काम भयो । काठमाडौंबाट हेलिकप्टर ल्याएर उपचारमा लगियो । तात्कालीन प्रतिक्रियावादी राज्यसत्ताका सबै संसदवादी पार्टीहरु काँग्रेस, एमाले, राप्रपाबाट जनयुद्धको विरुद्धमा छरेको भ्रमलाई साफ गर्न जनतामा निरन्तर जाने काम पनि भयो । पार्टी संगठन विस्तार एवं सुद्धिकरण गर्ने जवस मोर्चाहरुको भेला सम्मेलन गर्ने काम पनि सम्पन्न भयो । अनेरास्ववियू क्रान्तिकारीको आयोजनामा निशुल्क शिक्षाको आन्दोलनले सवैजसो विद्यालयमा निशुल्क शिक्षा लागू भयो ।

नेपाल बन्दः
०५४ चैत्र २४ गतेको नेपाल बन्दको क्रममा धादिङ सदरमुकाममा २३ गते राती एक शक्तिशाली बम विस्फोट ग¥यो । श्रावण ४ गतेको नेपाल बन्दको कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । ०५५ जेष्ठमा कल्लेरी गाजस सेराका कल्याण बर्माको जग्गामा अखिल नेपाल किसान संघले कव्जा गरि ५०० जना किसानहरुको सहभागितामा खेती लगाउने काम सम्पन्न भयो । सो कार्यक्रममा जिल्लाका किसान नेता राम बहादुर भण्डारीले सम्वोधन गर्नुभएको थियो ।

विकास निर्माणः पार्टीले नेपाल बैङ्कबाट कव्जा गरेको रकम दार्खामा बाटो निमार्ण र गोलाङटारमा पानी ट्याङ्की सम्भार गर्ने काम भयो ।
दमनको स्थितिः हाम्रो जिल्ला पार्टीको योजनामा जिल्लाव्यापी गरिएको फौजी कार्वाही र मध्यमाञ्चाल क्षेत्रीय व्यूरोको योजनामा प्रहरी चौकी रेडको कार्वहीलाई निउँ बनाएर साधारण किसान एवं विभिन्न पेशामा कार्यरत शिक्षक कर्मचारीहरु लगायत जिल्लावासी जनसमुदायलाई सरकारले दुःख दिने काम ग¥यो । यस योजना अवधिमा आगिञ्चोक, धुषा, बेनीघाट, धुवूाकोट, कल्लेरी, कुम्पुर लगायतका ठाउँमा प्रहरी प्रशासनकले जनतालाई आतंकित पार्ने काम ग¥यो ।

०५५ भाद्र २३ गते आगिञ्चोक शिव प्रसाद शर्माले आफ्नै भान्जा जीवनप्रसाद थपलियालाई गिरफ्तार गराउने षड्यन्त्र गरेकोमा निजलाई चेतावनी कारवाही भयो ।

०५५ साल कार्तिक १० गते राती मध्य क्षेत्रीय व्यूरोको योजना अनुसार मैदी प्रहरी चौकी सातदोवाटेमा माओवादी जनसेनाले रेड
ग¥यो । सो कार्वाहीमा केहि प्रहरीहरु घाइते भएका थिए । ०५५ कार्तिक १० गते सुनौलाबजारको टेलिफोन टावरमाथि सेवोटेज कार्वाही सम्पन्न भयो ।

०५५ कार्तिक १३ गते भएको प्रहरी चौकी कार्वाहीको क्रममा धुवाँकोटमा पनि प्रहरी चौकी माओवादी जनसेनाले ध्वस्त पार्ने काम ग¥यो ।
०५५ चैत्र ५ गते मध्य क्षेत्रीय व्यूरोको योजनामा फूलखर्क गाविसमा रहेको प्रहरी चौकीमाथि माओवादी जनसेनाले धावा बोली कव्जा गर्ने काम भयो । उक्त कार्वाहीबाट केहि हतियार कव्जा र केहि प्रहरीहरु घाइते भए ।

०५५ फागुन १ गते साँझ जिल्ला प्रशासन कार्यालय धादिङबेसीमा माओवादी जनसेनाले उच्च मनोबलका साथ सदरमुकाममा नै बम विस्फोट गर्ने काम भयो । डि.एस.पि. राज ब. विष्टले यसैलाई निहुँ बनाएर सदरमुकामको माथिल्लो बजार बस्ने विद्यार्थी पुर्ण ब. गुरुङलाई हत्या गरेर त्रिशुली नदीमा फालियो । सवै जनप्रतिनिधीहरुले र बजारका बासिन्दाहरुले यसको विरोध गरे । पछि कुरिनटारमा पूर्ण ब. गुरुङको शव प्राप्त भयो ।
०५६ को कथित संसदीय निर्वाचन बहिष्कार गर्ने पार्टीको योजना अनुसार हाम्रो पार्टी लागिप¥यो । यस क्रममा जिल्लाव्यापी पोष्टर टाँस्ने पर्चा वितरण, जनसभा, गोष्ठी लगायतका कार्याक्रम गरी संसदीय निर्वाचन बहिष्कारको औचित्य पुष्टि गर्ने काम भयो । यसले जनयुद्धको पक्षमा व्यापक जनमत तयार पार्ने तथा कथित संसदीय व्यवस्थाको भ्रमलाई चिर्न सफल रह्यो ।

हत्या र दमनको स्थितिः
यस जिल्लाको कुम्पुर गाविसको परेवाटार निवासी क.दिपक (नारायण प्र. उपाध्याय) माओवादी जनछापामार दलमा कार्यारत हुनुहुन्थ्यो । पार्टीको योजना अनुसार यस जिल्लाबाट मध्य क्षेत्रीय व्यूरो अन्तर्गत प्लाटुनमा ०५५ असोजमा गोरखा जिल्लामा सरुवा हुनुभयो । ०५५ साल पौष १३ गते एउटा घरमा सेल्टर लिएर बसिरहेको बेलामा प्रहरीको जत्थाले उक्त किसान परिवारको घरमा घेरा हाली केरावारीमा सामूहिक हत्या ग¥यो । यस घटनामा वहाँ लगायत ९ जना कमरेडहरुले देश र जनताको मुक्तिको लागि लड्दा लड्दै गौरवमय मृत्युवरण गर्नुभएको थियो. ।

धुषा गाविस वडा नं. २ का क.श्याम (रामहरि थपलिया) यस जिल्लाबाट ०५५ सालमा सरुवा भएर गोरखामा जानुभएकोमा ०५५ चैत्र २५ मा मध्य क्षेत्रीय व्यूरोको योजनामा अर्घाखाँची जिल्लाको सिमलपानी प्रहरी चौकी रेडको क्रममा दुश्मनको गोलीबाट उच्च वीरगति प्राप्त गर्नुभयो । यसरी धादिङमा जन्मेर लुम्विनी अञ्चलको नै प्रथम शहीद बन्ने अवसर पाउनुभयो ।

गिरफ्तारी र बेपत्ताः

यस योजनामा कथित झुठा मुद्दामा जनतालाई दमन गरेर आफ्नो राष्ट्रघाती एवं भ्रष्ट्रचारी राज्यसत्ता टिकाईराख्नको लागि चाहे जोसुकै किन नहोस् गिरफ्तार गर्ने, चर्को यातना दिने, बेपत्ता पार्ने तारेख दिने आदि काम ग¥यो । यस क्रममा तीन जना महिला सम्मेलनपछि काठमाण्डौमा र धादिङबेसीबाट अनेरास्ववियू (क्रान्तिकारी)को विद्यार्थी सम्मेलनबाट ६० जना विद्यार्थीहरुलाई गिरफ्तार ग¥यो ।
पहिलो धक्काः ०५६ असोज ५ गते पहिलो धक्कामा जिल्लाव्यापि मशाल जुलुस, फायरिङ जुलुस, र केहि स्थानमा बम विस्फोठन भएका थिए । ०५६ मंसिर ७ गते राती सत्यदेवी गाविसमा रहेको साना किसान बैङ्क कव्जा गरि रु २० लाख बराबरको तमसुक र लालपुर्जा पीडित किसानहरुलाई फिर्ता गर्ने काम भयो ।

०५६ पौष ८ गते कल्लेरी गाविसको साना किसान सहकारी बाट रु १ लाख ४१ हजार ६ सय ८२ रुपैयाँ र ३६५ थान लाल पुर्जा तथा अन्य सामनहरु माओवादी सेनाले कव्जा ग¥यो र लालपुर्जाहरु किसानहरुलाई फिर्ता गर्ने काम भयो ।

चौंथो बार्षिकोत्सवः
जनयुद्धको चौंथो बार्षिकोत्सव ०५६ माघ २५ गतेदेखि फागुन ७ गतेसम्म जिल्लाव्यापी रुपमा फौजी तथा गैरफौजी संघर्षका साथ भव्य रुपमा सम्पन्न गरियो । यस क्रममा पोष्टर टाँस्ने, वालिङ गर्ने, जुलुशगर्ने सभा गर्ने, यसको साथै बार्षिकोत्सवलाई चाडको रुपमा मनाउने हरेककोे घरमा दिपावली गर्ने उपहार आदा प्रदान गर्ने शुभकामना पत्र वितरण गर्ने कामहरु सम्पन्न भयो । क. श्याम (रामहरि थपलिया) को स्मृतिमा एक सभा पनि सम्पन्न गरियो ।

शहीद सप्ताहः
आदरणीय शहीद क.बासु(शुरेस वाग्ले), क.आइत(धनेन्द्र तामाङ) क. श्याम (रामहरि थपलिया) लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मृतिमा शहीद सप्ताह फागुन १४ देखि २१ सम्म विविध कार्यक्रमहरुको साथमा सम्पन्न गरियो । यस अवसरमा शहीद चौतारा, धारा पुल निमार्ण गर्ने काम भयो ।
०५६ चैत्र १ गते दोश्रो धक्का कार्यक्रम विभिन्न कार्यक्रमका साथ सम्पन्न गरियो । सो दिन किराञ्चोक गाविसमा रहेका साना किसान बैंक माथि कार्वाही गरयो ।

नेपाल बन्दः
हाम्रो पार्टीको आयोजनामा गौरवशाली पार्टीका पोलिट व्यूरो सदस्य एवं जनप्रिय नेता क.बासु (शुरेस वाग्ले)को हत्याको विरोधमा असोज २० गते आयोजना भएको नेपाल बन्दको व्यापम प्रचार प्रसार गर्ने काम भयो । यस क्रममा वालिङ, फायरिङ जुलुसम, पोष्टरिङ, पेष्टिङ, मशाल जुलुस आदि जिल्लाव्यापि रुपमा सम्पन्न भयो । मलेखु धादिङबेसीका सडकमा जनछापामारहरुले एम्वुस कार्वाही गर्दा प्रहरीहरुमा ठूलो असर पुगेको थियो ।
यसैगरी सोही नेपाल बन्दको दिनमा बेनीघाटमा पनि माओवादी जनसेना र प्रहरीबीच भीडन्त भएता पनि खासै क्षति भने भएन । ०५६चैत्र २४ गते ने.क.पा.(माओवादी) केन्द्रीय समितिको आव्हानमा भएको नेपाल बन्द यस जिल्लामा पनि भव्यताका साथ सम्पन्न भयो । ०५७ बैशाख १६ गते विहान नै बजे खाल्टे गाविस चिसापानी नजिक मानेभञ्याङमा जनसेनाले थापेको एम्वुसमा परि प्रहरीको ४ जना मृत्यु र ५ जना घाइते भएको थियो । सो प्रहरी टोली अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला सम्मेलन विथोल्न माधव थापाको नेतृत्वमा गएको थियो । ०५७ जेष्ठ ७ गते साना किसान बैंङ्क खरीबाट १८ लाख बराबरको तमसुक र ९६ थान लालपुर्जा कव्जा गर्ने काम भयो । त्यसपछि जनतालाई रकम नतिर्न आग्रह गरियो ।

दुस्मनको स्थितिः
०५६ माघ ५ गते हाम्रो गौरवशाली पार्टीका जिल्ला सदस्य छापामारका एक सदस्य एक सशक्त फौजी कमाण्डर क.आइत(धनेन्द्र तामाङ) आफ्नो विशेष कामले मार्पाक शसुराली जानुभएको बेला स्थानीय सुराकीको सहयोगमा मार्पक प्रहरी चौकीका इन्सपेक्टर टेक ब. तामाङको कमाण्डो आक्रमण गरि वहाँ र शैलेन्द्र श्रेष्ठको हत्या गर्ने काम ग¥यो । क.आइतको शहादतले सिङ्गो जिल्लाबासी न्याप्रेमी जनतालाई स्तव्ध पा¥यो । यसले आम पार्टी पंक्तिमा बदलाभावको विकास गर्यो । यो अवधिमा क.द्वन्दुको भाई बेग ब. तामाङ र अन्य २ जनालाई प्रहरी प्रशासनले गिरफ्तार गर्ने काम ग¥यो । अन्ततः जनदवावका कारण रिहा गर्न बाध्य भयो ।

जेल बे्रकः
०५५ भाद्र तात्कालीन अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष बसन्त प्रधानले धादिङबेसीको सदरमुकाममा रहेको जेल ब्रेक गरि दुश्मनको कव्जाबाट उम्कन सफल हुनुभयो । यसले जनतामा ठूलो प्रेरणा दिनुको साथै पार्टी पंक्तिमा नयाँ पाठ सिकायो ।

०५७ असार–मााघसम्मः
यस योजनामा आधार इलाकाको निर्माणको महान् दिशामा झन अघि बढौं भन्ने मूल राजनैतिक नारा रहेको थियो यहि राजनैतिक नारालाई केन्द्र बिन्दुमा राखेर हाम्रो जिल्ला पार्टीले तय गरेको यो अवधिका संघर्षका कार्यक्रमहरु निम्न अनुुसार छन् ।
पहिलो धक्काः ०५७ आसाढ १ गते राती मैदी गाविस सातदोबाटेमा रहेको प्रहरी चौकी भवनमा माओवादी जनसेनाहरुले आक्रमण गरि ध्वस्त पार्ने काम भयो ।
दोश्रो धक्काः
०५७ बैशाख १६ गते धुवाँकोट गाविस १ काउलेमा बम विस्फोट गराई ४ प्रहरीको मृत्यू भयो । यो नै धादिङमा माओवादीको पहिलो ठूलो कारवाही हो ।
०५७ भाद्र ७ गते मैदी गाविस सातदोवाटेमा रहेको साना किसान सहकारीमाथि माओवादी जनसेनाले कार्वाही गरि २ करोड बराबरको तमसुक कव्जा गरि जनतालाई लालपुर्जा वितरण गर्ने काम भयो । अनेरास्ववियू(क्रान्तिकारी) ले बोर्डिङ स्कूल बन्द गर्न र सार्वजनिक स्कूलमा बिद्यार्थीहरुबाट कुनै पनि शुल्क नलिन ज्ञापन पत्र बुझाउने तथा वितरण गर्ने काम ग¥यो ।
जनसभाः
०५७ पौष ५ गते दवाव समूहको आयोजनामा सेमजोङ गैरामा बेपत्ता पारिएका नागरिकहरुको सार्वजनिक गर्नको लागि बृहत आमसभाको कार्यक्रम सम्पन्न गर्ने काम भयो । सो सभामा जिल्लाका सवै गाविसहरु एवं छिमेकी जिल्ला नुवाकोट, रसुवाबाट समेत गरी करिव २००० जनताको उपस्थिति थियो ।

(०५७ फागुन देखि ०५८ भाद्रसम्मको)
मध्य क्षेत्रीय व्यूरोको योजनामा ०५७ चैत्र २२ गते राती १०ः४५ मा दार्खा चौकी रेड माओवादी जनसेनाले सफलतापूर्वक सम्पन्न ग¥यो । सो रेडमा १४ जना प्रहरीले ५ मिनेटमा नै आत्मासमर्पण गरेका थिए । त्यसमा जनसेना तथा प्रहरीतर्फ कुनै पनि क्षति भएन । त्यहाँ कार्यरत सवै प्रहरीहरुले आत्मसमर्पण गरि हात हतियार बुझाउने काम गरे । तर, तात्कालीन प्रतिक्रियावादी सरकारले आत्मसमर्पण गरेका प्रहरीहरुलाई हातहतियार तथा खरखजना मुद्दा लगाउने काम ग¥यो ।
०५८ बैशाख १६ गते नक्कली माओवादीद्वारा सतिदेवीमा जनतालाई दुःख दिने काम भएकोमा ०५८ जेष्ठमा निज नक्कली माओवादीहरुलाई जनमुक्ति सेनाले गिरफ्तार गरि आवश्यक कार्वाही गरियो ।
०५८ असार २२ गते राती ने.क.पा. (माओवादी) मध्य क्षेत्रको योजनामा नुवाकोटको तारुका चौकी रेड गरि सफलता प्राप्त भयो । सो कार्वाहीका क्रममा १ घण्टाको भीडन्तमा प्रहरी तर्फ १० जना मृत्यु थुप्रैको संख्यामा घाइते पछि आत्मसमर्पण गरेपछि हातहतियार तथा अन्य भौतिक सामाग्रीहरु कव्जा भएको थियो । त्यस चौकी रेडमा जिल्लाका लोकप्रिय तामाङ नेता क. द्वन्दु (गणेश ब.तामाङ) र छापामार क.सागर (राजु दाहाल)को शहादत भएको थियो ।

गैरफौजी संघर्षः

जनयुद्धको पाँचौ वार्षिकोत्सव जिल्लाव्यापी रुपमा भव्यताको साथ मनाउने काम भयो । साथै शहीद सप्ताह पनि भव्यताका साथ मनाउने काम भयो र जिल्लाका शहीदहरुको स्मृतिमा शहीद स्मृति सभा शहीद परिवार भेटघाट कार्यक्रम सम्पन्न भयो । यस क्रममा शहीद गेटहरु चौतारा निर्माण गरियो । जिल्लामा जनयुद्धको पक्षमा प्रचार प्रसार गर्नको लागि जनसेनाबाट सशस्त्र मार्चपास गर्ने काम पपनि सम्पन्न भयो । व्यापक जनसमुदायको उपस्थितिमा तारुका रेडको क्रममा शहादत प्राप्त गर्नु हुने जिल्लाका लोकप्रिय तामाङ नेता क. द्वन्दु (गणेश ब.तामाङ) र छापामार क.सागर (राजु दाहाल)को श्रावण २० मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गर्ने काम भयो । अनेमसंघ(क्रा.) धादिङको आयोजनामा जिल्लाव्यापि विरोध कार्यक्रमहरु गरि पृथ्वी राजमार्ग र धादिङबेसी सदरमुकाममा ०५८ श्रावण १ गते देखि रक्सी वितरण नगर्न व्यापक रुपमा प्रचार प्रसार गरियो ।
समग्रमा जनयुद्धको थालनीदेखि यो अवधिसम्मको फौजी र गैरफौजी संघर्षको माध्यमबाट जनयुद्धको विकास विस्तार गर्न महत्वपूर्ण भूमिका रहेको कुरा स्पष्ट हुन्छ । अझै पनि जनतलाई मालेमावाद र प्रचण्डपथको सिद्धान्त अनुसार फौजीकरण गर्ने आम जनतालाई पार्टीमा गोलवन्द गर्ने र दीर्घकालीन जनयुद्धको रणनीति कार्यनीति सशस्त्र विद्रोहको रणनीति कार्यनीतिलाई समायोजन गरि केन्द्रीय राज्यसत्ता कव्जा गर्ने अविभारा बोध गर्दै अघि बढ्न जोड गर्नुपर्छ ।

०६१–७–२९ धादिङबेसी सदरमुकाममा रहेको खाद्य सस्थानको कार्यलयमा सेवोटेज,
०६१–७–५ गते नाकावन्धी को लागि कालुपाण्डे सडक अवरुद्ध,
०६१–८–२७ गते सलाङ द्वारथोक हत्याकाण्डको प्रत्यक्ष सुराकीलाई सफाय
०६१–९–२ मा धादिङबेसी बीचवजारमा रहेको भूपू मेजरको सात कोठे पक्कि घर सेवोटेज,
०६१–९–६ मा धादिङबेसी शान्तवजारमा वेलुकी ७ः४५ वजे चेकपोष्ट बाट फर्केको सेना माथि एम्वुस विष्फोट, ४ मृत्यु ४ घाईते, व्यारेकबाट अन्धाधुन्ध फाएर केहि घर क्षतिग्रस्त ।
०६१–१०–११ नीलकण्ठ गा.ज.स.र ज्यामरुङ सिम्लेमा माओ जयन्तीको अवसरमा व्यापक फायरिङ, जुलुस सम्पन्न गरियो । साथै दूश्मनद्वारा कायर मनस्थितिका साथ फाएर ।
०६१–१०–२० गते २५-३० जना जनताको उपस्थितिमा कालुपाण्डे सडक रुख ढालि अवरुद्ध साथैं फायरिङ जुलुस सम्पन्न ।
०६१–१०–१५ गते विण्णु (मैदी) गा.ज.स.मा विशाल जनसभा साथैं यू र एल आकारको २ वटा सुरुङ खन्नेकाममा सयौं जनताको उपस्थिति,
०६१–१०–१६ नीलकण्ठ गा.ज.स.मा मसाल जुलुश,
०६१–१०–२९ वार्षिक उत्सवको अवसरमा सदरमुकाममा ५ वटा ज्।भ् विश्फोट ।
०६१–१०–२९ विण्णु गा.ज.स मा ७०-८० जना जनताको उपस्थितिमा कोण सभा साथैं फाएरिङ जुलुश सम्पन्न,
०६१–११–३ गते ढोला साँध भञ्ज्याङमा ४०-५० जनाको उपस्थितिमा फाएरिङ जुलुश सम्पन्न ।
०६१-११-५ कालुपाण्डे सडकको कालीरह देखि परेवाटार सम्म सयौं जनताको उपस्थितिमा सडक अवरुद्ध साथैं कोण सभा पनि सम्पन्न,
०६१–११–१२ मा च्याडुको पुलमा विश्फोट,
०६१–११–१४ कपिलवस्तु हत्या काण्डको विरुद्ध सदरमुकाममा २ तिरवाट १० वटा ज्भ् विश्फोट,
०६१–११–१७ मान्वु घर भएको बैरेनीमा कार्यरत पिपा खड्ग वहादुर घले लाई गिरफ्तार गरि अनुशन्धान,
०६१–१२–१७ धादिङबेसी चेकपोष्टमा २ वटा ज्भ् विश्फोट ।
०६१–१२–१९ सदरमुकाम आसपास १० वटा ज्भ् विश्फोट,
०६१–१२–२५ ससाहमा वन्दको अवज्ञा गर्ने ट्याक्सी लाई सेवोटेज साथै ज्भ् विश्फोट,
०६१–१२–२१ मा खहरे वेशक्याम्प नजिक २ वटा ज्भ् विश्फोट,
०६१–१२–२८ खहरे वेशक्याम्प मा लगेको पानीको पाईप काटी २ वटा ज्भ् विश्फोट दूश्मनद्वारा व्यापक फाएर,
०६१–१२–२९ पानी वनाउन आएका सेना माथि ग्रिनेड पहार दुश्मनद्वारा व्यापक फाएर,
०६२–१–१ सदरमुकाम भित्र व्यापक फाएरिङ जुलुश सम्पन्न,
०६२–१–१० खहरे साँखु डाँडामा एमवुस विश्फोट २ सैनिक घाईते
०६२–१–२७ खहरे सााखु जिपमा एम्वुस विश्फोट हल्दार मेजर सहित ३ सैनिकको घटनास्थलमा नै मृत्यु ५ घाईते,
०६१–१–२९ मार्पाक किम्ताङ फेदीमा निर्दोष शिक्षक गोविन्द सिंखडाको २८ गते हत्या गरि फर्केका हत्यारो जत्थाको कमाण्डर लगाएत २ को मृत्यु ४ गंभीर घाईते, संचार ग्रुप ध्वस्त एम्वुस विश्फोट,
०६२–१–२८ वन्दको अवज्ञा गर्दै सेना वोक्ने गाडि ट्रक ५२५२ लाई वुङचुङमा सेवोटेज,
०६२–२–१५ गोविन्द सिंखडाको हत्या काण्डको विरुद्धको धादिङ वन्दको सदरमुकाम बाट एक किलो मिटर टाढा कमेरेमा बम विश्फोट २ सैनिक घाईते ।
०६२–२–२४ गते धादिङबेसी सदरमुकाम शान्तवजारमा बम विश्फोट २ सैनिक घाईते । ०६२–३–२ मा धादिङबेसी फिल्म हल चोकमा शिक्षकहरुको लाईसेन्स परिक्षालाई परिलक्षित गर्दै शक्तिशाली ज्भ् विश्फोट, ०६२–३–४ आरुघाट वेशक्याम्प तल वजारमा कमाण्डो आक्रमण नायक सहित २ सैनिकको घटना स्थलमा नै मृत्यु ।
०६२–२–५ त्रिपुरेश्वर खहरेमा शाही सेनालाई जग्गा दिई निरन्तर सहयोग गरेको आरोपमा घर सेवोटेज,
०६२–३–६ आगिञ्चोक तिनघरे दलित गाजली नेपाली महिलालाई वोक्सीको आरोपमा मार्ने झाक्री भिम वहादुर खांड र मर्नेको जेठाजु च्यान्टे सार्की लाई गिरफ्तार २ महिना पछि रिहा ।
०६२–४–३२ गते खहरे वेशक्याम्प बाट २०० मिटर वर साँघु डाँडा दिउसोको सेन्ट्री पोष्टमा एम्वुस विश्फोट एक हवल्दार सहित २ सैनिकको मृत्यु ।
०६२–५–२ त्रिपुरेश्वर खहरेमा रहेको साना किसान सहकारी संस्था को कागज पत्र नष्ट ।
(तात्कालिन माओवादीले आफ्नो दस्तावेजजीकरण गरेको महत्वपूर्ण धादिङको ईतिहासबाट यो सामाग्री तयार पारिएकोले यहाँ उल्लेख गरिएका भाषा शैली पनि सोही पार्टीले तय गरेको जानकारी गराउँदछ् -सम्पादक)

Loading...
  • नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा यो वर्ष १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल गतवर्षको
  • एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    काठमाडौं फागुन १० । एमाले र माओवादी केन्द्र बीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्रालय भागवण्डाको टुंगो
  • अनमोल फुटसल खेल शुक्रबारबाट

    अनमोल फुटसल खेल शुक्रबारबाट

    धादिङबेसी फागुन १०। धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट फुटसल प्रतियोगिता आयोजना गरेका छन् । धादिङबेसीमा विगत १ वर्ष अघि देखि संचालनमा आएको फुटसलमा हुन लागेको यो दास्रो ठुलो
santoshanamol cup