प्रदेश तीनको गृहमन्त्री शालिकराम जम्कट्टेल

Avatar photo
Dhadingpost
सोमवार, माघ २९, २०७४

धादिङ माघ २९ । माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेल प्रदेश नम्बर तीनको जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर ३ का संसदीय दलका नेता समेत रहेका जम्मकट्टेले सोमबार दिउँसो सपथ  लिएका  ।

बाम गठबन्धनबाट धादिङ प्रतिनिधी सभा क्षेत्र नं. १ बाट प्रदेश सदस्यमा निर्वाचित बनेका जमकट्टेल नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर ३ का संसदीय दलका नेता समेत हुन् ।

जम्कट्टेको राजनीतिक यात्रा र जीवनी

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन् ।

बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ बाट उनी मजदुर संगठनमा लागे । सुरुमा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षसम्म बने । माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे ।

२०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेर नेतृत्व गरे । त्यसक्रममा उनले राष्ट्रिय राजनीतिमा पनि आफ्नो पहिचान बनाउन सफल भए । ०६३ को पुनर्स्थापित संसदको मनोनित सदस्य बनेका जम्कट्टेलले २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरे ।

यद्यपि २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे । पछिल्लो डेढ वर्षयता जम्कट्टेल धादिङमै केन्द्रित छन् ।