धादिङमा पहिलो पटक कालो कुखुरा आयो, (यस कुखुरा बारे तथ्य)

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २३, २०७४

धादिङ माघ २३ । धादिङ जिल्लामा पहिलो पटक व्यवसायीक रुपमा कालो कुखुरा पालनका लागी आइपुगेको छ ।

धादिङ पहिलो पटक व्यवसायीक रुपमा पाल्नको लागि राजाराम नीलकण्ठ बसाहका राजाराम रिजाल, सुनौलाबजार घर भएका संचारकर्मी बद्री अधिकारी, रामशरण श्रेष्ठ लगायतले आज कालो कुखुरा धादिङ ल्याएका हुन् ।

धादिङका किसानलाई कालो कुखुरा धादिङ होलिस्टिक हेल्थ इन्टरप्राइजेजले उपलब्ध गराएको हो । स्वास्थ्यका हिसावले अत्यन्त बहुउपयोगी प्वाँख, मासु, हड्डी र रगत सम्पूर्ण कालो हुने यस कडकनाथ जातको कुखुरा व्यवसायीक रुपमा यो वर्ष देखि व्यवसयीक रुपमा पालन गर्न थालिएको बताइएको छ ।


कालो कुखुरा बारे तथ्यगत जानकारी

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ । किनभने यसको मासु, छाला, शरीरको रौ सबै कालो हुन्छ ।

भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारतको आदिबासी समुदायमा लोकप्रिय छ । आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाड्पर्ब, देबिदेउतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा: १ कडक नाथ, २ सिल्की, ३ आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने, रोग प्रति रोधात्मक छेमता भएको, केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्नु हो । त्यसैले नेपालको तराइ र पहडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना देखिएको छ ।

पोषण तत्व
१. प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २०% सम्म मात्र प्रोटिन हुन्छ ।
२. cholesterol को मात्रा 0.७३-१.०५% जबकि सेतो कुखुरा मा १३-२५% cholesterol हुन्छ ।
३. अमीनो एसिडको मात्रा उच्च हुन्छ
४. भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ ।

मेडिसनल महत्व
१. महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ ।
२. दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३. Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४. यो कुखुरा को मासु मा हुने पोषण तत्वहरु कारण, रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५. यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ ।
यस्को प्रयोग ले टाउको दुख्ने, रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।

नेपाल मा कडक नाथ जातको कुखुराको ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ । यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ । हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्व को हिसाब ले उत्कृस्ट कुखुरा को मासु मा कालो कुखुराको मासु पर्छ ।