सिद्धलेकका किसान जडिबुटी खेती तर्फ आकर्षित

Avatar photo
Dhadingpost
सोमवार, माघ २२, २०७४

धादिङबेसी माघ २२ । धादिङ सिद्धलेकका कृषकहरु जडिबुटी खेती तर्फ आकर्षित बनेका छन् ।

परम्परागत खेती पाती गर्दैआइरहेका सिद्धलेक गाउँपालिकाका किसानहरु गाउँमा जडीबुटी प्रशोधन केन्द्र खोलिने भएपछि जडबिुटी खेती तर्फ आकर्षित बनेका हुन् ।

सोलुसन हर्वल प्राइभेट लिमिटेडले सिद्धलेकमा जडिबुटी प्रशोधन तथा आर्युवेदिक औषधी उत्पादनका लागि भवन निर्णाण कार्य सम्पन्न गरे सँगै किसानहरु जडबिुटी खेती तर्फ आकर्षित बनेका हुन् ।

सोलुसन हर्वल प्राइभेट लिमिटेडले किसानहरुलाई ३ दिने जडीबुटी खेती सम्बन्धी दिने तालिम सम्पन्न गरेको छ । आइतबार सम्पन्न भएको तीन दिने तालिममा जडिबुटी खेती, यसको बजार र प्रवद्र्धनका विषयमा विभिन्न विज्ञहरुले सहजि करण गरेका थिए ।

नलाङका बुद्धिमान शाक्य, ईश्वर सिलवाल, रुद्र भट्ट र रुक्मन राई, हुमबहादुर खाती, मिङ ्मा भोटे मिलेर संचालनमा आउँदै गरेको यस आयुर्वेद औषधि उद्योग ले २०० भन्दा बढी किसानहरुलाई दिएको जडीबुटी खेती सम्बन्धी तालिममा वरिष्ठ आयूर्वेद तथा जडीबुटी विज्ञहरु बाबुराजा अमात्य, वरिष्ठ वन विज्ञहरु, इमानाथ पौडेल, वरिष्ठ कृषि विज्ञहरु केशव देवकोटा, सालिकराम चौधरीले सहजिकरण गरेका थिए ।

यस अघिका समाचार
नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग धादिङ नलाङमा बन्दै

सोलुसन हर्वल कम्पनी प्राईभेट लिमिटेड

नलाङको सोलुशन आयुर्वेद कम्पनीले तालिम चलाउँदै