सिद्धलेकमा जडीबुटी खेती सम्बन्धी ३ दिने तालिम सुरु

Avatar photo
Dhadingpost
शनिबार, माघ २०, २०७४

धादिङबेसी माघ २० । धादिङको सिद्धालेक गाउँपालिकामा संचालनको अन्तिम चरणमा रहेको सोलुसन हर्वल प्रा.लि. को आयुर्वेद कम्पनीले जडीबुटी खेती सम्बन्धी ३ दिने तालिम सुरु गरेको छ ।

सिद्धालेक पहिचान, कृषि र जडिबुटीको माध्यमबाट सम्बृद्ध समाजको निमार्ण गर्न युवा अभियान भन्ने मूल नाराका साथ तीन दिवसीय व्यावसायिक कृषि तथा जडीबुटी खेती तालिम शुक्रबार देखि कम्पनि कै प्रशोधन केन्द्र नलाङ बैरेनीमा सुरु गरेको हो ।

सोलुसन हर्वल प्रा.लि.ले आयोजना गरेको तालिमको सभापतित्व संस्थाका अध्यक्ष बुद्धिमान शाक्यले गर्नुभएको गरेका थिए, भने सिद्धालेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आर्युवेद विभागका उप–महानिर्देशक तथा वरिष्ठ आर्युवेद डाक्टर बाबुराजा अमात्य, वरिष्ठ वनविज्ञ तथा जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल, वरिष्ठ कृषि विज्ञ तथा जिल्ला कृषि विकास कार्यालय प्रमुख केशव देवकोटाका साथै सिद्धालेक गाउँपालिकाका वडा अध्यक्षहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिलवालले सिद्धालेक गाउँपालिकाको कृषिमा क्रान्ति ल्याई नमूना गाउँ पालिकाको रुपमा विकास गर्न सोलुसन हर्वल प्रा.लि. ले महत्वपूर्ण भुमिका निभाउने आसा लिएको बताएका थिए ।

ग्रामिण भेगमा रहेका जडीबुटीजन्य झारपाहरूलाई सङ्कलन गरी प्रशोधन गरेर आर्युवेदिक औषधी उत्पादन गर्ने लक्ष्यका साथ सो तालिमको आयोजना गरिएको संचालनक समितिका सदस्य रुद्र भट्टले धादिङपोष्टलाई बताए ।

सिद्धलेक गाउँपालिका बाट २०० भन्दा बढी कृषकहरु सहभागि रहेको उक्त तालिम आइतबार सम्म चल्ले बताईएको छ ।

यो पनि पढौं
नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग धादिङ नलाङमा बन्दै