Dhading News

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, चैत २४ मा परीक्षा


शनिबार, माघ २०, २०७४
मुख्य समाचार, सुचनाहरु

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ ।

आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझउन सकिने आयोगले जनाएको छ ।

परीक्षा आगामी चैत २४ गते बिहान ११ बजे हुने आयोगले जनाएको छ ।

१८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार परीक्षा दस्तुर ७ सय लाग्ने र जिल्ला शिक्षा कार्यालय झापा, काठमाडौँ, कास्की, बाँके र कञ्चनपुरबाट दरखास्त दिन सकिने छ । दरखास्त संकलन केन्द्र रहेका जिल्लाहरुमा नै परीक्षा सञ्चालन हुने समेत आयोगले स्पष्ट पारेको छ ।

एकसय पूर्णांकको हुने लिखित परीक्षामा पचास अंक ल्याउने उत्तीर्ण हुने साथै, परीक्षाको लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ ।

अस्थायी अध्यापन पत्र लिएपछि आयोगको नियमावली, २०५७ (नवौं संशोधन) को नियम ६घ को उपनियम (२क) अनुसार सेवा सुरु गरेको २ वर्षभित्र तालिम लिनुपर्ने अन्यथा अध्यापन अनुमति पत्र रद्द हुने आयोगले जनाएको छ ।

Loading...
  • नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा यो वर्ष १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल गतवर्षको
  • एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    काठमाडौं फागुन १० । एमाले र माओवादी केन्द्र बीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्रालय भागवण्डाको टुंगो
  • अनमोल फुटसल खेल शुक्रबारबाट

    अनमोल फुटसल खेल शुक्रबारबाट

    धादिङबेसी फागुन १०। धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट फुटसल प्रतियोगिता आयोजना गरेका छन् । धादिङबेसीमा विगत १ वर्ष अघि देखि संचालनमा आएको फुटसलमा हुन लागेको यो दास्रो ठुलो
santoshanamol cup