धादिङमा अनमोल भण्डारी फुटसल कप हुँदै

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १९, २०७४

धादिङ माघ १९ । धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट ५० हजार राशीको फुटसल प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

धादिङबेसीमा विगत १ वर्ष अघि देखि धादिङका फुटबल खेलाडी संचालनमा आएको फुटसलमा हुन लागेको ठुलो राशीको प्रतियोगिता यो दोस्रो हो ।

अनमोल भण्डारी फुटसल कप नाम दिईएको उक्त प्रतियोगिता २०७४ फागुन ११ गते देखि फागुन १२ गते सम्म हुने बताइएको छ ।

यस्तो छ पुरस्कारहरु

१. प्रथम पुरस्कारः नगद रु ५०,००० (ट्रफि, मेडल, प्रमाण पत्र)
२. द्धितिय पुरस्कारः नगद रु.३०,००० (ट्रफि, मेडल, प्रमाण पत्र)
३. उत्कृष्ट गोलरक्षक र उत्कृस्ट खेलाडी: नगद ५,००० ५,००० सहित (मेडल्, प्रमाण पत्र)