Dhading News

सरकारलाई सर्वोच्चको आदेशः तरकारीमा विषाक्त औषधि


बुधबार, माघ १७, २०७४
पत्रपत्रिकाबाट, मुख्य समाचार

काठमाडौं माघ १७ , सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त औषधि राखी उपभोक्तामा पुर्याउने कार्यमा रोक लगाउन उचित प्रक्रिया थाल्न सरकारका नाममा आदेश दिएको हो । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

किसान तथा व्यापारीले विषादी प्रयोग गरेको तरकारी बजारमा पठाउने चलनले मानव स्वास्थ्यमा असर परेको भन्दै त्यस्तो कार्य रोक्न मागसहित सार्वोच्चमा निवेदन परेको थियो ।

निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट यस्तो कार्यमा रोक लगाउन आवश्यक बन्दोबस्त मिलाउन सोमबार निर्देशनात्मक आदेश जारी भएको छ ।

कानुन कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको उललेख गर्दै सर्वोच्चले कानुन कार्यान्वयनमा कडाइ गर्न सरकारी निकायलाई आदेश दिएको छ ।

Loading...
  • नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा यो वर्ष १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल गतवर्षको
  • एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    काठमाडौं फागुन १० । एमाले र माओवादी केन्द्र बीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्रालय भागवण्डाको टुंगो
  • अनमोल फुटसल खेल शुक्रबारबाट

    अनमोल फुटसल खेल शुक्रबारबाट

    धादिङबेसी फागुन १०। धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट फुटसल प्रतियोगिता आयोजना गरेका छन् । धादिङबेसीमा विगत १ वर्ष अघि देखि संचालनमा आएको फुटसलमा हुन लागेको यो दास्रो ठुलो
santoshanamol cup