दुबईमा खोलियो नेपाल एयरलाइन्सको नयाँ कार्यालय

Avatar photo
Dhadingpost
आइतवार, माघ १४, २०७४

युएई । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले २६ जनवरी शुक्रबारका दिन देरा दुबईको सलाउद्धिनमा आफ्नो नयाँ कार्यालयको उद्घाटन गरेको छ ।
नेपाल वायु सेवा निगमको युएई स्थित नयाँ कार्यालय नेपाली दुुताबास युएईका कार्यबहाक राजदुत सागर प्रसाद फुयाल र नेपाल वायुसेवा निगम वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेतिले संयुक्त रुपमा उद्घाटन गरेका हुन । उद्घाटनको क्रममा कार्यबहाक राजदुत सागर प्रसाद फुयालले नेपाल वायु सेवा निगमले नेपालीलाई दिदै आएको सेवा सुविधको प्रसंशा गर्दै आगामी दिनमा हप्तामा सातै दिन नेपाल दुबई सिधा उडान गर्न सकोस भन्ने शुभकामना दिए ।


नेपाल एयर लाईन्सका कन्ट्रि म्यानेजर रमेश पौडेलले नेपाल वायु सेवा निगमले आफनै कार्यायल स्थापना गर्न सकेकोमा खुसी व्यक्त गर्दै आज सम्म साथ दिदै आएका सम्पुर्णमा धन्यवाद ज्ञापन गरे ।
नेपाल वायु सेवा निगमले ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दैैे आफ्नै वेबसाइटबाट अनलाईन टिकट बुकिङ गर्न सक्ने व्यवस्था समेत संचालन गरी सकेकाले नेपाल एयरलाइन्सको टिकट लिन चाहानेहरुले नेपाल वायु सेवा निगमको वेबसाइटबाटै टिकट बुक गर्न सकिने बताइएको छ ।


उद्घाटनमा युएईमा स्थापित नेपाली संघ संस्थाका पदाधिकारीहरु, पत्रकारहरु लगाएतका नेपालीहरुको उपस्थिति रहेको थियो ।
नेपाल वायुसेवा निगमले २०७३ भदौ २ गतेदेखि हप्तामा चार दिन आईतबार सोमबार, बुधबार र शुक्रबार नेपाल –दुबई सिधा उडान गर्दै आएको छ ।