तीन नम्बर प्रदेशको समन्वयका लागि युएईमा समिति गठन

Avatar photo
Dhadingpost
आइतवार, माघ १४, २०७४

युएई माघ १४ । युएईमा कार्यरत प्रदेश नं ३ मा पर्ने जिल्लाहरुलाई समन्वय गर्नको लागि यही जनवरी २६ शुक्रबारका दिन बर दुबईको सिराज लस्सीमा प्रदेश तीन एकता समाज युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

प्रदेश तीन एकता समाज युएईका निर्वाचित कार्यसमितिका सदस्यहरु

तीन नम्बर प्रदेश अन्तरगतका युएईमा कार्यरत ८ वटा सक्रिय जिल्ला संस्थाहरु धादिङ समाज युएई, सिन्धुपाल्चोक समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट त्रिशुली समाज युएई र रसुवा समाज युएईको प्रतिनिधित्व रहने गरि औपचारिक रुपमा प्रदेश तीन एकता समाज युएईको गठन गरिएको हो ।

अधिवेशनले धादिङ समाजका पुर्व अध्यक्ष भिम अधिकारीको अध्यक्षतामा १९ सदस्सीय कार्यसमितिको समेत चयन गरेको छ । जसको उपाध्यक्षहरुमा समीम खान, सम्सेर योन्जन, गोविन्द पन्त र सुमन शर्मा रहेका छन् भने महासचिव सचिव कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमसः पशुराम घिमिरे, निरमाया खड्का दाहाल, विदुर न्यौपाने र सिता मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मिना लामा, योगेश लामा, भरत ढकाल, सपना भारती, विन्दु गिरी, सुदिप खराल, निसात लामा, निशा लामा तामाङ, मनमाया तामाङ र शिव कुमारी खड्का रहेका छन।