धादिङका विद्यालयलाई नगद तथा शैक्षिक सामाग्री हस्तान्तरण

Avatar photo
Dhadingpost
शनिबार, माघ १३, २०७४

धादिङ, माघ १३ । गाउँमा कम्युटर शिक्षा अभियान र युएईमा आयोजित शुभयात्रा साँझ २०१७ को तर्फबाट संयुक्त रुपमा माघ १० गते बेनिघाटमा आयोजित एक कार्यक्रम मार्फत विभिन्न विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

बेनिघाट रोराङ गाउँपालिका ५ मा अवस्थित चन्द्रोदय माविलाई ८ थान कम्प्युटर, २०० दर्जन पेन्सिल, २०० दर्जन कापी लगायतका सामग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रयास श्रेष्ठ, प्रधानाध्यापक भुमिप्रसाद कँडेल लगायको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।


कार्यक्रमले चेपाङ जाती तथा पिछडिएका वर्गका विद्याथीहरु अध्ययन गर्ने बेनिघाट रोराङ गाउँपालिका ३ अन्र्तगत माथिल्लो अर्वाङमा अवस्थित भुमिस्थान प्राविका लागि एक शिक्षिकाको तलब स्वरुप मासिक ७ हजारको दरले दुई बर्षको १ लाख ६८ हजार आर्थिक सहयोग समेत हस्तान्तरण गरेको छ ।
साथै वेनिघाट रोराङ गाउँपालिकाका प्रमुख हरि डल्लाकोटी, उपप्रमुख देवीप्रसाद सिलवाल, वडा नं ३ का अध्यक्ष भुवन त्रिपाठी, वडा नं ९ का अध्यक्ष सुरेश मल्ल लगायतको उपस्थिती उक्त प्राविमा अध्ययनरत ४६ जना विद्याथीहरुको ट्रयाक सुट, जुत्ता, मोजा, कापी कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो । उक्त सहयोग विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष दिप बहादुर चेपाङ, शिक्षिकहरु विनिता चेपाङ, अस्मिता चेपाङलाई हस्तान्तरण गरिएको थियो ।