मिन्दुकामा हुने सप्ताह ज्ञान महायज्ञमा निमन्त्रणा

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ९, २०७४

सिद्धलेक गाउंपालिका वडा नम्वर १ नलाङको श्री मिन्दुका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालनको लागि सहयोग संकलन गर्ने उद्देश्यले यही मिति २०७४ साल माघ १३ देखि १९ गतेसम्म सञ्चालन हुन लागेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ, धार्मिक एवं शैक्षिक महोत्सव तथा धनधान्याञ्चल माघ मेला २०७४ हुन गइरहेको छ ।

बालतपस्वी पं. श्री उत्तम भट्ट महाराजको मुखारविन्दबाट कथा वाचन हुने सो मेलामा सहभागि भई कथा श्रवण गर्नुहुन र मन, बचन र कर्मले सक्दो सहयोग गर्नुहुन सम्पूर्ण जिल्लाबासी दाजुभाई दिदिवहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रमहरु
१. २०७४ माघ ११ गते विहान ९ बजे कलश यात्रा
२. २०७४ माघ ११ गते विहान ११ बजे कार्यक्रम समुद्घाटन
३. २०७४ माघ १२ देखि १८ गतेसम्म संगितमय कथाबाचन
४. हरेक दिन विहान ६ बजेदेखि शालिग्राम पुजा
५. विहान ७ बजेदेखि नित्य पुजा अर्चना
६. विहान ८ बजेदेखि भागवत पाठ परायण
७. प्रत्येक दिन विहान ८ स्१५ बजे चरु हवन
८. कथाबाचन समय स् विहान १० देखि अपरान्ह ४ बजेसम्म
९. माघ १८ गते अपरान्ह ४ बजे श्रीमद भागवतमा सिल अर्पण तथा सांझ ७ बजे लाखबत्ति प्रज्वलनका साथमा हरेक दिन सांझमा विविध कार्यक्रमहरु प्रस्तुत गरिने ।

आयोजक
श्री मिन्दुक माध्यमिक विद्यालय सिद्धलेक गा.पा.-१ धादिङ