ओफोक धादिङको अध्यक्षमा छत्कुली

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ९, २०७४

धादिङ माघ ९ । विश्व उपभोक्त महासंघ नेपाल (ओफोक) धादिङको अध्यक्षमा माधव छत्कुली चयन भएका छन् ।

महासंघको केन्द्रीय निर्णय बमोजिम धादिङ धादिङ शाखाको जिल्ला तदर्थ समितिको अध्यक्षमा छत्कुली चयन भएका हुन् ।

उपभोक्त अधिकारको पक्षमा जनचेतना निर्माण तथा अनुगमन लागि दवाव मुलक कार्यक्रम गर्ने उपभोग्य वस्तुको किम्मत स्तरीय वस्तु उपभोगका लागि वातावरण तय गर्नु महासंघको उद्धेश्य रहेको अध्यक्ष छत्कुलीले बताए ।

छत्कुलीको अध्यक्षतामा गठन गरिएको ७ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा विमल तामाङ, सचिव रिना श्रेष्ठ, कोषाध्यक्ष इन्दिरा कुमाल रहेका छन् ।