सम्मेलनको लागि शिक्षक धादिङबेसी आउन थाले

Avatar photo
Dhadingpost
बिहिबार, माघ ४, २०७४

धादिङबेसी माघ ४ । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौँ जिल्ला सम्मेलन शुक्रबार (माघ ५ गते) धादिङबेसीमा हुने भएको छ ।

धादिङबेसी स्थित कर्वडहलमा हुने जिल्ला सम्मेलनका लागि धादिङको उत्तरी र दक्षिण क्षेत्रका अधिकाँक्ष शिक्षकहरु धादिङबेसी आइसकेका हुन् ।

जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सकिएको अध्यक्ष खिलबहादुर धमलाले धादिङपोष्टलाई बताए सम्मेलनले नयाँ नेतृत्वको लागि कार्यसमिति समेत चयन गर्ने बताईएको छ ।