एड्भान्सको १२ औँ स्पोर्ट्स फेस्टिबल सुरु (फोटो सहित)

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०७४

अमृत तामाङ
धादिङबेसी माघ ३ ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा १२ औ इन्टर हाउस स्पोर्ट्स फेस्टिबल सुरु भएको छ ।

एड्भान्स एकेडेमी कम्पनी अध्यक्ष तथा धादिङ जिल्ला खेलकुदको पूर्व अध्यक्ष अर्जुन श्रेष्ठले सिठ्ठी फुकेर उक्त कार्यक्रमको उत्घाटन गरे सँगै स्पोर्ट्स फेस्टिबल सुरु भएको हो । विभिन्न खेलहरु समाबेस गरि ८ गते सम्म हुने फेस्टिबलमा टिचर गेम, स्टिक रिले, स्किपिङ रिले, स्पोन एन्ड मार्बल, फलो द डिरेक्सन र सटपुट गेम आज सक्किएको छ ।

बुधबार सम्मको खेलहरुबाट ग्रीन हाउस ७५ अंक सहित पहिलो स्थानमा छ भने रेड हाउस ७१, बुल्लु हाउस ६६ र यल्लो हाउस ५६ अंक सहित दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । (फोटोः अमृत तामाङ)