आमाहरु

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०७४

Dadi Sapkota
घरभरि टन्न खाने कुरो हुन्छ । घरका परिवारले पकाइदिन्छन्, स्याहार सुसार गर्छन् र पनि एउटी आमाले जुम्ल्याहा बच्चा जन्माउँदा हुर्काउन कठिन हुन्छ । तर चराहरुको केहि हुन्न ।

दिनभरि, सूर्यास्तपछीपनि झिसमिसेमै उठेर आहारा ल्याइदिनुपर्छ । एउटालाई दियो अर्कोले हाँहाँ गरेर मुख बाउँछ । अलिकति ढिलो गरे भोकले मर्छन् । सानो ठोंडले सबैलाई पुग्ने किरा ओसारेर ल्याउन मिल्दैन । त्यसैले, तारन्तर दगुरिरहनुपर्छ ।

कहिलेकाहिँ कुनै दिन त एक घण्टामा १७० पटकसम्म किरा ओसार्न उड्नुपर्छ माउले । जति साना भए उति धेरै आहारा चाहिन्छ । फुचुना बच्चाले त झन माउले भन्दा दोब्बर खानुपर्ने हुन्छ । जति चट्पटाउँंछन् उतिनै भोकाउँछन् र उति धेरै आमालाइ सास्ति हुन्छ । ति बचेराको पेट भर्दाभर्दै माउको पेट भोकै हुन्छ । बचेरा माउभन्दा ठूला भैसक्दापनि खुवाईरहनुपर्छ ।

बचेरा हुर्काउने बेला त आमाहरु असाध्यै दुब्ला पातला भएरपनि रमाउन तयार रहनुपर्छ । आहार खोज्न जाँदा ढिलो भयो भने ठण्डी याममा त झन चिसोले हानेरै बचेरा मर्छन् । त्यसैले, तिनलाई भुत्लाले छोपेर न्यानोमा राख्नुपर्छ । आहारा खोज्न जाँदा फेरि यता कुनै वैरीले आएर खाइदिन्छन् की भनेर उत्तिकै हतारिनुपर्छ आमाले ।

आहारा खोज्न निस्किँदा र लिएर फर्किँदा फेरि शत्रुले गूँड नदेखुन् भनेर कुनै शत्रुका आँखा नपर्ने गरि सुइट्ट सुइट्ट उडेर जाने र फर्किने गर्नुपर्छ । आहारा लिन जाने र आहार लिएर फर्किने बाटोनै अलग रोज्नुपर्छ । तिनलाई जिवनका हरेक जिउने कला सिकाएर बाटो देखाइदियो । बलिया भएपछि ति आमा छोडेर हिँड्छन् र अर्को बेतकालागि उसैगरि तयार रहनुपर्छ । प्रक्रितिलेनै सबै आमाहरुलाई यस्तै कठिन जिन्दगीको अभ्यासमा रहनुपर्ने जिम्मेवारी दिएको हुनेरहेछ ।