सोलुसन हर्वल कम्पनी प्राईभेट लिमिटेडको प्रेस नोट

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०७४

नेपालको राजधानी काठमाण्डौं वनस्थली का.म.न .पा.१६  मा कम्पनीको केन्द्रिय कार्यालय रहनेछ, भनि २०६६ साल वैशाख २८ गते  स्थापना भई आफ्नो व्यवसायीक तथा सामाजिक गतिविधी सन्चालन गर्ने क्रममा  हाल यस सोलुसन हर्वल कं. प्रा.लि.ले धदिङ्ग जिल्ला सिद्धलेक गाउँ पालिका वडा नं. १, (नलाड गा.वि.स वडा नं. ७) मा कम्पनीको अत्याधुनिक उद्योग (उत्पादन गृहृ) स्थापना गरेको छ ।
उत्पादन हुने आयूर्वेद औषधी, कस्मेटिक, सप्लीमेण्ट र अन्य उत्पादित सामानको बजारिकरण स्वदेश तथा विदेशमा गर्ने सम्बन्धमा यस सोलुसन हर्वल कं. प्रा.लि.ले सिद्धलेक गाउँ पालिकासंगको समन्वयमा सिद्धलेक गाउँपालिका र पालिकाका आसपास क्षेत्रको कृषकलाई लक्षीत गरेर कृषी तथा जडीवुट्टीको व्यवसायीक खेती, भण्डारण, कानुनी बाटो र बजार सम्वन्धी बृहत व्यवसायीक कृषी तालिम  वरिष्ठ कृषी, वन, आयूर्वेद तथा जडीवुट्टीको विज्ञहरु र आयूर्वेद औषधी कम्पनीका प्रतिनिधीको उपस्थितीमा सन्चालन गदै जाने, यस क्षेत्रका जनता तथा कृषकलाई कृषीको माध्यमवाट आत्मा निर्भर बनाउने, वेरोजगारी समस्या न्यूनीकरण गर्ने र सम्वृद्ध समाज निर्माण गर्ने उद्योगी र कृषक अनि कृषी समुह बीज  एकिकृत व्यवसायीक कार्य सन्चालन गर्ने  हेतुले केन्द्रिय कार्यालय काठमाण्डौंमा स्थापना भई, प्रादेशिक कार्यालय ७ प्रदेशमा नै  स्थापना गरिने छ ।
प्रदेश भित्रका व्यवसायीक सम्पुर्ण गतिविधी (उत्पादनको बजारिकरण र कच्चा पदार्थ संकलन) गर्ने हेतुले व्याबस्थीत सेवा केन्द (संकलन/प्रशोधन केन्द्र ) खोेलिने छ गरेको छ । त्यो नै कम्पनीको प्रादेशिक कार्यालय रहनेछ , कम्पनीको बिकाश र आवस्यक पक्षको चेतना अभिबृद्धिको लागी कृषकलाई लक्षीत गरेर कृषी तथा जडीवुट्टीको व्यवसायीक खेती, भण्डारण, कानुनी बाटो र बजार सम्वन्धीे बृहत व्यवसायीक कृषी तालिम दिदै जाने उद्देश्यले वरिष्ठ कृषी, वन, आयूर्वेद तथा जडीवुट्टीको विज्ञहरु र आयूर्वेद औषधी कम्पनीका प्रतिनिधीको उपस्थितीमा आवश्यक तालीम दिने शिक्षा दिने व्यक्तित्व विकाशका कार्यहरु संचालन  गर्ने, एकिकृत जडीवुट्टी  खेती  बिकाश प्रवद्धन गर्दै जाने तथा कृषक र कृषी समुहको हित र कल्याणका लागि अन्य आबश्यक कार्यहरु गर्दै जाने उद्धेश्यले सोलुसन हर्वल कं. प्रा.लि.को प्रादेशिक कार्य योजना अन्तरगत गृह जिल्लाको नाताले धदिङ्ग जिल्ला पहिलो प्राथमीकतामा राखी कार्य गरिने  छ ।

१. कम्पनीको नामः– यस संस्थाको नाम सोलुसन हर्वल कं. प्रा.लि. रहेको छ । अंग्रेजीमा Solution Herbal Company Pvt.Ltd. रहेको छ ।
२. कम्पनीको उद्योग तथा कार्यालय रहने ठेगानाः  यस कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौं रहेको छ । धदिङ्ग जिल्ला सिद्धलेक गाउँ पालिका वडा नं. १, (नलाड गा.वि.स वडा नं. ७) मा कम्पनीको उद्योग (उत्पादन गृहृ) स्थापना गरि सकिकोले औषधी उत्पादन  कार्य सोहि स्थानवाट गरिने छ ।

कार्यक्रमको उद्देश्य देहाय बमोजिम हुनेछ
१. यस सोलुसन हर्वल कं. प्रा.लि.ले धदिङ्ग जिल्ला सिद्धलेक गाउँ पालिका वडा नं. १, (नलाड गा.वि.स वडा नं. ७) मा सन्चालन गर्न लागेकको सविधा सम्पन्न अत्याधुनिक आयुर्वेद औषधि कम्पनी खोलिएको छ । आवश्यकता अनुसार धदिङ्ग जिल्लाको अन्य गाउँ पालिकामा पनि सामान्य संकलन तथा व्यवस्थित प्रशोधन केन्द्र विस्तार गरिनेछ ।
२. नगर/गाउँ पालिका/वडा स्थरको कृषक र कृषी समुहको सुचिकृत गर्ने ।
३. चेतना अभिबृद्धिको लागी कृषकलाई लक्षीत गरेर कृषी तथा जडीवुट्टीको व्यवसायीक खेती,भण्डारण,कानुनी बाटो र बजार सम्वन्धीे बृहत व्यवसायीक कृषी तालिम दिदै जाने छ ।
४. आफ्नो गाउँ र जिल्लाको कषी उत्पादनलाई   विश्व सामु चिनाउने सो को लागि जिल्लाको सम्वन्धीत निकायसंग अनुमति लिएर व्यवसायीक सम्पुर्ण गतिविधी गर्दै जाने छ ।
५. कम्पनीको आफ्नै कृषीको समुह हुने छ जो कम्पनीले संचालन गरेको वरिष्ठ कृषी,वन,आयूर्वेद तथा जडीवुट्टीको विज्ञहरु द्धारा दिलाईने तालिममा सहभागी पश्चात हुन सक्ने छ ।
६. कृषक र कृषी समुहका लागि कम्पनीले दिएको विवरण अनुसारको सम्पुण कच्चा पदार्थ समय सापेक्ष्य मुल्यमा यस कम्पनीले संकलन तथा खरिद गर्ने छ ।
७. कृषी र वन संग सम्वन्धीत बहमुल्य जडिवुट्टीको सुचिकृत, संरक्षण,र विकास गर्न मद्दत गर्नेे छ ।
८. कृषक र कृषी सम्वन्धी अन्य आबश्यक कार्यहरु गर्दै जाने उद्धेश्यले सोलुसन हर्वल कं. प्रा.लि.को यभोजना रहेकोे छ । सम्वन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपाल अधिराज्य भित्रका कार्य क्षेत्र विस्तार गदै जानेछ ।

कार्यक्रमको लक्षीत समुह देहाय बमोजिम हुनेछ ।
१. यस क्षेत्रको गरिव तथा दिन दुःखी जनताहरु
२. यस क्षेत्रको वेरोजगारी यूवा जन शक्तिहरु
३. कृषक र कृषी समुहहरु
४. कृषी तथा जडीवुट्टीको नर्षरी, व्यवसायीक खेती र सम्भाव्यता                                                      ५. सरकारी वनहरु/वन सम्बद्ध निकायहरु
६. सामुदायिक वन, जडीवुट्टीको वृक्षरोपण र उपभोक्ता समुहहरु                                                        ७. कृषकवाट उत्पादित जडीवुट्टी तथा कृषी सामाग्रीको भण्डारण,कानुनी बाटो र बजार लाई लक्षीत
८. स्थानीय निकाय र कानुनी बाटो
९. बजार र उचित मुल्य
१०. आयूर्वेद औषधी कम्पनीका

कार्यक्रमहरु देहाय बमोजिम हुनेछ ।
१. कृषी तथा जडीवुट्टी सम्वन्धी सेमीनार
२. कृषी तथा जडीवुट्टी सम्वन्धी गोष्ठी
३. कृषी तथा जडीवुट्टी सम्वन्धी प्रविधी
४. व्यवसायीक कृषी तथा जडीवुट्टीको खेती सम्वन्धी प्रशिक्षण
५. आयूर्वेद औषधी उद्योग
६. सोरोजगार
७. बजार

लक्षीत समुहसंगको समन्वय देहाय बमोजिम हुनेछ
१. सेमीनार
२. गोष्ठी
३. कृषी प्रविधी
४. प्रशिक्षण
५. आयूर्वेद औषधी उद्योग
६. रोजगारी
७ कृषी तथा उपभोत्ता समुह, बजार

उप–संहार देहाय बमोजिम हुनेछ
१. कृषक कृषीमा सक्षम सवल भई आत्मा निर्भर हुनेछ ।
२. गाँउ–गाँउमा स्वरोजगारको वातारण सिर्जना आर्थिक तवरले सक्षम हुनेछ ।
३. कृषी समुहको माध्यमवाट कृषक संगठीत र व्यवसायीक बन्नेछ ।
४. आधुनीक व्यवसायीक कृषी तथा जडीवुट्टीको खेती सुरुवात हुनेछ ।
५. सामुदायीक वनको संरक्षणमा उपभोत्ता कृयाशिल हुने छ आय स्रोत बढ्नेछ ।
६. स्थानिय तथा बाहृय पर्यटनको विकासमा टेवा पुग्नेछ ।
७. कृषी तथा वन जन्य जडीवुट्टीको  उत्पान ,संकलन,प्रशोधन र वजारको सन्दर्भमा आयूर्वेद औषधी उद्योगमा र उद्योगको माध्यमवाट विदेशमा पनि खपत हुनेछ । तसर्थ कृषक,स्थानिय निकाय र राज्यको आय स्रोत बढ्नेछ ।

कार्यक्रम हुने स्थान: सोलुसन हर्वल कं. प्रा.लि. को भवन ,धदिङ्ग जिल्ला सिद्धलेक गाउँ पालिका वडा नं. १, बैरेनी (नलाड गा.वि.स वडा नं. ७ बैरेनी )
कार्यक्रम हुने मिति:  ०७४/१०/१९ देखि ०७४/१०/२१ सम्म
कार्यक्रम हुने समय: विहाना १०ः०० देखि अपरान्ह ०४ः ००सम्म

कार्यक्रममा सहभागी हुने प्रशिक्षकहरु   

वरिष्ठ आयूर्वेद तथा जडीवुट्टीको विज्ञहरु
१.  डा. बाबुराजा अमात्य
२. मनोज के सी
वरिष्ठ वनको  विज्ञहरु
१. इमानाथ पौडेल
२. उन्नती सिंह लामा
वरिष्ठ कृषीको विज्ञहरु
१.  केशव देवकोटा
२. सालिकराम चौधरी
कार्यक्रममा सहभागी हुने कृषक संख्या: २०० जना

कार्यक्रममा सहभागी हुने अतिथिहरु     
उद्घाटन कार्यक्रममा सहभागी हुने अतिथिहरु —  प्रेमनाथ सिलवाल  सहित…..
समापन कार्यक्रममा सहभागी हुने अतिथिहरु   — लक्ष्मण प्रसाद भट्टराई सहित…

बुद्धिमान शाक्य
सोलुसन हर्वल कं. प्रा.लि