धादिङको धुँवाकोटमा १३ हल गोरु जुधाइयो (फोटो फिचर)

Avatar photo
Dhadingpost
सोमवार, माघ १, २०७४

बाम गठबन्धनको साझा उम्मेदवार भएकैले चुनाव जितेँ -डा.अधिकारी

धादिङ धुँवाकोट माघ १ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २ का जननिर्वाचित सदस्य डा. रामकुमार अधिकारीले आफुले बाम गठबन्धनको साझा उम्मेदवार भएकैले चुनाव जितेको बताएका छन् ।

नीलकण्ठ नगरपालिका १४ धुँवाकोट भँगेरी स्थानमा भएको गोरु जुधाउने मेला तथा कृषि र हस्तकलाका सामाग्री प्रदर्शनी उद्घाटन गर्न पुगेका डा. अधिकारीले पार्टी एकता अन्तिम चरणमा पुगेको खुसी व्यक्त गर्दै अब बाम गठबन्धनको सरकार बन्छ पार्टी एकता पनि हुने बताएका थिए ।

आफुलाई भोट दिएर जिताएका जनताको गुन बाचुनजेल सेवा गरेर पनि तिर्न नसकिने समेत उनले बताए ।

गोरु जुधाउन कै लागि ०७२ सालमा भगेरी स्थान युवा क्लवले भगेरी स्थानमा जग्गा खरिद गरि व्यवस्थित बनाएको छ । दर्शकले खचाखच भरिएको गोरु जुधाउने स्थल आसपासमा कृषि र स्थानीय हस्तकालाका सामाग्री प्रदर्शन समेत गरिएको थियो । माघे सक्रान्तिको अवसरमा १३ हल गोरु जुधाईएको थियो ।

गोरु जुधाईएको फोटाहरु

प्रदर्शनीमा राखिएका कृषि प्रदर्शनी तथा स्थानीय हस्तकलाका सामाग्रीहरु


मेला सफलबनाउन कार्यक्रम स्थलमा चन्दा दिने चन्दा दाताहरुको नामावली