नेविसंघको प्रदेश स्तरीय प्रशिक्षण धादिङबेसीमा

Avatar photo
Dhadingpost
आइतवार, पुस ३०, २०७४

धादिङ पौष ३० । नेपाल विद्यार्थी संघले प्रदेश नं ३ स्तरीय कार्यकर्ता प्रशिक्षण माघ ३ गते धादिङबेसीमा गर्ने भएको छ ।

निर्वाचन पछिको नेविसंघको भूमिका विषयक एक दिने प्रशिक्षणमा प्रदेश नं ३ अन्गर्गत १३ जिल्लाका तीन सयभन्दा भन्दा बढी विद्यार्थीहरुको सहभागितामा हुने छ ।

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुन नरसिँह केसी, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिनुभएको छ । अधिकारीका अनुसार प्रशिक्षण कार्यक्रमका लागि सम्पूर्ण तयारी पूराभएको छ ।