ग्रामिण यातायातद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

Avatar photo
Dhadingpost
आइतवार, पुस ३०, २०७४

धादिङबेसी पौष ३० । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङबेसीले एक विशेष कार्यक्रमका बीच धादिङका निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई एवम् सम्मान गरेको छ ।

धादिङका विभिन्न ग्रामिण क्षेत्र र काठमाडौ पोखरा नारायणगढ लगायत क्षेत्रहरुमा सार्वजनिक यातायत संचालन गरि रहेको यस यातायत सहकारीले निर्वाचित धादिङ क्षेत्र नं. १ र २ का निर्वाचित प्रतिनिधिहरु भुमि त्रिपाठी, खेमप्रसाद लोहनी, शालिकराम जमकट्टेल, डा. रामकुमार अधिकारी, जगत सिंखडालाई हार्दिक बधाईएवम् सम्मान व्यक्त गरेको हो ।

विरामीभएको कारण प्रदेश सदस्य राजेन्द्र पाण्डे भने कार्यक्रममा सहभागि हुन सकेनन् । सम्मान ग्रहण गर्दै निवार्चित प्रतिनीधिहरुले जनताको बीचमा गरीएको चुनावी एजेण्डा पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।