एक्सन नेपालको अध्यक्षमा -कमला कुमाल

Avatar photo
Dhadingpost
आइतवार, पुस ३०, २०७४

धादिङ पौष ३० । एक्सन नेपालको १० औ साधारण सभा तथा बिशेष अधिवेशनले कमला कुमाललाई अध्यक्ष चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको संरक्षकत्वमा १३ सदस्यि कार्यसमिति सर्बसम्वत चयन गरिएको छ । जसको अध्यक्षमा कमला कुमाल, उपाध्यक्षमा कृष्ण प्रसाद दुवाडी, महासचिवमा हरिप्रसाद खतिवडा, सचिवमा रामशरण गिरी, कोषाध्यक्षमा चिना श्रेष्ठ र सदस्यहरुमा दोर्णचार्य सिंखडा, कमलराज ढुङगाना, अक्कलबहादुर तामाङ, प्रकाश ढुङगाना, गोमा प्रजा, पम्फा बिक, जितनारायण श्रेष्ठ, हिरा कुमाल चयन हुनुभएको छ ।

साधारण सभा जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालको प्रमुख अतिथ्यता र भिमप्रसाद ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियो ।