बाम एकता अन्तिम चरणमा -डा. रामकुमार अधिकारी

Avatar photo
Dhadingpost
शनिबार, पुस २९, २०७४

धादिङ धुवाँकोट पौष २९ । एमाले माओवादी लगायत अन्य बामपार्टी पार्टी एकता कसैले रोकेर नरोकिने प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश १ का सदस्य डा. रामकुमार अधिकारीले बताउनु भएको छ ।

धुवाँकोट बहुउद्देश्यीय सहकारी सस्था लि. को नबौ वार्षिक साधारण सभा तथा चौथो वार्षिक अधिवेशन उद्घाटन गर्न पुगेका डा. अधिकारीले एकीकरण पछि पार्टी अध्यक्ष र प्रधान मन्त्रीको हुने सहमती भैसकेको खुलासा गर्दै अधिकारीले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका हुन् ।

सहकारीका अध्यक्ष छ्म ब. दाहालको सभापतित्व र डा. अधिकारीको प्रमुख आतिथ्यता साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रगतिशील महिला बचत सहकारी सस्था का अध्यक्ष कमला तामाङको विशेष आतिथ्यता, स्वास्थ्य चौकी प्रमुख कमल कुमार अधिकारीको आतिथ्यता रहेको थियो ।

साधारण सभाको बन्द सत्रमा सहकारीका व्यस्थापक सुमन अधिकारीले २,७४,३०० शेयर पूँजी १७,२७,०९६ कुलबचत २०,२५,०८४ ऋणलगानी र यस वर्ष २०,६२५ खुद मुनाफा गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनले इन्द्रप्रसाद दाहालको संयोजकत्वमा ९ सदस्य सहकारि सन्चालक समिति चयन गरेको छ । सदस्यहरु चिरञ्जीवी नेपाल, कृष्ण प्रसाद श्रेष्ठ, सुमन अधिकारी, मनमाया तामाङ, उषा श्रेष्ठ, भरत सापकोटा, बिमला तामाङ, टन्क प्रसाद सापकोटा चयन भएका छन् ।