कोरियनद्वारा धादिङका २१७ खेलाडी प्रशिक्षित

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २८, २०७४

अमृत तामाङ
धादिङबेसी पौष २८ ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङले ४ जना कोरियनद्वारा धादिङका २१७ जना खेलाडीलाई प्रशिक्षण दिएको छ ।

गत आईतबार देखि धादिङबेसी कवर्डहलमा दिएको प्रशिक्षणमा  २१७ जना खेलाडीहरु प्रशिक्षित भएका हुन् । प्रशिक्षणमा सहभागि एडभान्स एकेडेमी, धादिङ बोर्डिङ, न्यु किबो बोर्डिङ र धादिङ तेक्वान्दो डोजाङका सहभागी सबै जनालाई प्रमाण-पत्र वितरण गरेका थियो ।

प्रशिक्षण जिल्ला खेलकुदको कभर्डहलमा सम्पन्न भएको छ । कोरियाबाट आएका ४ जना प्रशिक्षक क्योन वु जोङ, योङ्हो सोङ, हे युन किम, सोङ हिलि ले उक्त तालिम ६ दिन सम्म दिएका थिए ।

कार्यक्रम समापनमा बोल्दै प्रमुख अथिति नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगानाले नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिलार्इ आफ्नो हल बनाउन जग्गा उपलब्ध गराउन आफु तयार रहेको बताएका थिए ।

साथै विशेष अथिति निलकण्ठ नगरपालिका नगर उपप्रमुख मनराज भन्डारीले आफुले खेलकुदलाई सधै माया गरेको बताउदै, आफु जिल्ला खेलकुदको अध्यक्ष हुदा साह्रै मेहेनेत गरेर अहिले कार्यक्रम भैरहेको कभर्डहल बानाएको बताएका थिए ।

अर्का विशेष अथितिको नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश शमशेर राणाले नगरपालिकाले जग्गा उपलब्ध गराए, धादिङमा तेक्वान्दो हल बनाउन केन्द्रले पनि सहयोग गर्ने बताएका थिए ।