एकीकृत नगर विकासका लागि अन्तरक्रिया

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २८, २०७४

धादिङबेसी पौष २८ । एकीकृत नगर विकास योजना निमार्णका लागि नीलकण्ठ नगरपालिकाले सरोकारवालाहरु छलफल सम्पन्न भएको छ ।

जर्मन जेआइजीले सहयोग गरेको अन्तरक्रिया कार्यक्रममा नगरयोजना लिडर उनममान प्रधानले आगामी दिनमा नगरपालिकाले कसरी काम गर्ने के के विषयमा काम गर्ने नक्सा बनाउदा आसपासका क्षेत्रलाई कसरी समेट्ने, विपदको अवस्थामा कसरी काम गर्ने शहरभित्र कस्तो खालको संरचना बनाउने नदीनाला खोलालाई कसरी व्यवस्थीथ गर्ने भन्ने विषय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नीलकण्ठ भित्र कुन क्षेत्रमा के बनाउन मिल्ने कस्तो संरचना बनाउदा व्यवस्थित हुने धादिङ जिल्लालाई आर्थिक विकासमा कसरी लैजाने यो वर्षमा कुन कुन आयोजना कुन संस्थाले गर्ने भन्ने छलफल गरिएको थियो ।

नगरप्रमुख भिम ढुङगनाको सभापतत्विमा सम्पन्न कार्यक्रममा समृद्धि र विकसित नगर बनाउन चैत्र महिनाभित्रमा लक्ष्य पुरा गर्ने नगर उपप्रमुख मनराज भण्डारीले बताएका थिए ।

शहरी विकास सचिव ईश्वर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रतिनिधिसभा २ का निर्वाचित जनप्रतिनिधि खेम प्रसाद लोहेनी, नेपाली काँग्रेसका सभापति रमेश धमला प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, जिल्ला समन्वय समिति जगनाथ नेपाल, प्रहरी उपरिक्षक धु्रर्व रावत, शसस्त्र प्रहरी कमल गैरे लगायतको आतिथ्यता रहेको थियो । (फोटोः मेयरको कार्यकक्षमा भएको पहिलो निर्णय सार्वजनिक गर्दाको हो ।)