न्यु किबोको १६ औँ खेलकुद महोत्सव सकियो

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २८, २०७४

सञ्जय देवकोटा
धादिङबेसी पौष २८ ।
न्यु किबो बोर्डिङ स्कुलले १६ औँ खेलकुद महोत्सवको सम्पन्न गरेको छ ।

पौष २३ गतेदेखि सञ्चालन भएएको विद्यालय स्तरीय महोत्वसमा १०० भन्दा बढी खेलहरू खेलाइएको थियो । कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त खेलकुद महोत्सवमा कबड्डी, फुटबल, भलिबल, म्याराथुन लगाएतका खेलहरू समावेश गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मीको रहेको थियो ।

कार्यक्रममा विजयी विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । यसैगरी अभिभावकहरूका लागि खेलाईएको ब्यालेन्सिङ वाटर गेम सविता खाँड प्रथम, अप्सरा भट्ट द्वितीय र सञ्जिता भट्ट तृतीय भएका थिए ।