रेडियो बिहानीलाई कर्मचारी आवश्यकता

Avatar photo
Dhadingpost
बुधबार, पुस २६, २०७४

   प्रथम पटक प्रकाशित मितिः २०७४/०९/२६ गते
सहिद स्मृति सञ्चार सहकारी संस्था लि. धादिङद्वारा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहर्जको लागि केही कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ ।
१. समाचार प्रमुख १ (एक) जना
समाचार लेखन, वाचन र कम्प्युटरसम्बन्धी आधारभूत जानकारी भएको र नेपालीमा टाइप गर्न सक्ने ।
शैक्षिक योग्यता र अनुभवः कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको अनुभव भएको । पत्रकारीता पढेकालाई प्राथमिकता दिइनेछ ।

२. बजार व्यवस्थापक १ (एक) जना
बजार व्यवस्थापन र विज्ञापन संकलनमा रुचि र क्षमता भएको ।
शैक्षिक योग्यता र अनुभवः कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको । सम्बन्धित काममा अनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।

३. कार्यक्रम उत्पादक १ (एक) जना
रेडियोमा बसेर कार्यक्रम उत्पादन, कार्यक्रम स्क्रिप्ट, प्रस्तावना लेख्न सक्ने र कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको ।
योग्यता र अनुभवः कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको । अनुभवीलाई प्राथमिकता दिइनेछ ।
(नोटः कार्यक्रम उत्पादनको लागि रेडियोले फिल्डमा पनि पठाउन सक्ने)

माथि उल्लेखित पदहरुका लागि विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा आवेदन दर्ता गराई सक्नुपर्नेछ ।

आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरुः
व्यक्तिगत विवरण (बायोडाटा), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, कार्यअनुभवको प्रमाणपत्रको प्रतिलिपिहरु ।
नोटः आवेदन कार्यालयमा आएर वा संस्थाको ईमेलमा पनि पठाउन सकिने छ । तर म्याद नाघी आएको आवेदनलाई मान्यता दिइने छैन । उल्लेखित सबै पदका लागि विज्ञापनमा उल्लेखित योग्यता पुगेका आवेदकहरुबाट प्रारम्भिक छनोटमा परेका आवेदकहरुलाई मात्र अन्य छनोट प्रक्रियामा समावेश गराईनेछ । उल्लेखित पदपुर्ति सम्बन्धमा संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
छनौट प्रकृयाः लिखित तथा अन्तवार्ता, प्रस्तुतिकरण
आवेदन दिने ठेगाना:
रेडियो बिहानी ९७.६ मेगाहर्ज, पुछारबजार¸
धादिङबेसी फोन नं. ०१०–५२०२६७, ९८५१२११६३६
इमेल radiobihani@gmail.com