प्रसङ्ग गोविन्द केसीः प्रश्न न्यायपालिका ठुलो कि कार्यपालिका

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २५, २०७४

धादिङ । मुलुक यतिबेला त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको गिरफ्तारीको विषययले तातेको छ । अहिले बौद्धिक जमातहरु कार्यपालिका र न्यायपालिका कुन ठुलो भन्ने विषयमा विवादित बनेको देखिन्छ ।

अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डाक्टर केसीको विषयमा अधिवक्ताहरुकै मत बाझिएको छ भने गृहमन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री सेरबहादुर देवाले पक्राउ गर्नुपर्व आफुलाई कुनै जानकारी समेत नगराईएको बताएका छन् । देशको प्रधान मन्त्री को हो ? गृहमन्त्री को हो ? शेर बाहादुर देउपा कि गोपाल प्रशाद पराजुली ? कार्यपालिका ठुलो कि ? न्याय पालिका ठुलो हो ? सामाजिक सञ्जालहरुमा यी प्रश्न छताछुल्ल भएका छन् ।

धादिङ बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वराज अधिकारीले आफ्नो फेसबुकमा लेख्छन्-विहान ०९ वजे ल्याउनु भनेका केसीलाइ राती ८ वजे नै समातेर देउवा सरकारले राम्रो चाकडी वजायो । अनसन छोडेर डाक्टर भाग्लान भन्ने पीर परेछ सरकारलाइ । महाराजगंजवाट शिंहदरवार पुर्याउन गाडी जामले समय लाग्ला भनेर चाँडै समातेको भन्ने पनि तर्क देला सरकारले । अहिलेका आइजीपीले पनि दाताको नूनको सोझो गरे ।
जे होस डा. केसी आत्माले देखेका कुरा वोल्न सक्ने मानिस रहेछन, आम मानिस र नागरीक अगुवा भन्नेहरुमा समेत त्यो हिम्मत चाँहि देखिएको छैन ।

यस्तै माओवादी केन्द्रका नेता ट्वीट गर्दै लेख्छन्,- ‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’
यस्तै आफ्नो फेसबुकमा दुवईबाट हरि नेपाली लेख्छन् हजुरको चारवटी श्रीमतीहरु माथि ऑखा लगाउने सबै कुलंघारहरुलाई पक्राउ गरेर अदालतमा उपस्थित गराई बक्सियोस् श्रीमान ।