धुवाँकोटमा माघ १ गते गोरु जुघाई तथा कृषि मेला प्रदशनी हुने

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २५, २०७४

सुमन अधिकारी
धादिङ पौष २५ ।
धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार
पर्यटन प्रबदन गर्न तयार गरि बिकासको पुर्बाधार भन्ने मुल नारा कासाथ माघ १ गते गोरु जुधाइ तथा कृषि मेला प्रदशनी हुने भएको छ ।

गत वर्ष पनि बृहत साँस्कृतिक कार्यक्रम गरेको भँङ्गेरी युवा समाज धुवाँकोटले यस वर्ष पनि  नीलकण्ठ नगरपालिका वर्डा नम्बर १४ को आयोजा तथा सहआयोजक भँङ्गेरी युवा समाज धुवाँकोटले गोरु जुधाइ तथा कृषि मेला प्रदशनी गर्न लागेको हो ।

माघेशक्रान्ती पर्वको अवसरमा नीलकण्ठ न पा १४ धुवाँकोट भङेरी स्थानमा गोरुजुधाइ तथा कृषि मेला प्रदसनी सम्पन्न गर्न, टन्क प्रसाद सापकोटाको संयोजकत्वमा २१ सदस्य मेला व्यवस्थापन समिती गठन गरिएको छ । समितिको उपाध्यक्ष कुमार बहादुर तामाङ, कोषध्यक्ष नर बहादुर गुरुङ, सचिब राजकुमार तामाङ सदस्यहरु बिस्णु ब. कार्की, प्रकाश ओस्ती , खड्ग ब. तामाङ लगायत रहेको रहेका छन् ।

मंगलबार भएको उक्त भेलाले राजकुमार गुरुङको संयोजकत्वमा ३ सदस्य प्रचार प्रसार उपसमिती, नर ब गुरुङको संयोजकत्वमा ६ सदस्यीय आर्थिक उपसमिती, विष्णु ब. कार्कीको संयोजकत्वमा गोरु चन्योट उपसमिती, कुमार ब. तामाङको संयोजकत्वमा मन्च ब्यबस्थापन उपसमिती समेत गठन गरेको छ ।

मंगलबारबाटै गोरु प्रदर्शनी र गोरु दर्ता खुल्ला गरिएको र यस्पाली १५ हल भन्दा बढी हल गोरु जुधाइने छनौट समितिका संयोजक विष्णु ब. कार्कीले बताए ।

गोरु दर्ताको लागि ५०० लाग्ने बिजेता गोरु धनीले ३५०० उपबिजेता गोरु धनीले २५०० गोरु बाराबरीमा भएमा ३००० र ३००० र नजुधी भागेमा ० रुपयाँ पाउने प्रचार प्रसार समितीका धादिङपोष्ट राजकुमार तामाङले धादिङपोष्टलाई बताए ।