स्वस्तिक सहकारीमा पुन: गोविन्दमान्

Avatar photo
Dhadingpost
आइतवार, पुस २३, २०७४

धादिङ पौष २३ । धादिङको ज्वालामुखि गाउँपालिका मैदीमा संचालनमा रहेको स्वस्तिक वचत तथा ऋण सहकारीको अध्यक्षमा पुन: गोविन्दमान् श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।

सहकारीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले बिगतको तीन वर्षे कार्यकाल अत्यन्त महत्वपूर्ण ढंगले काम गरेकोले श्रेष्ठलाईनै पुन अध्यक्ष बनाउनु पर्ने सेयर सदस्यहरुले माग गरेपछि उनी पुन: तीन बर्षे कार्यकालको लागि अध्यक्ष बनेका हुन् ।