लेट मि इन मिसेस ब्यूटी क्वीनको उपाधी सुदिक्षालाई

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २१, २०७४

धादिङ पौष २० । लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको उपाधि सुदिक्षा आचार्य भट्टराईले चुमेकी छिन् ।

सिजन मिडियाले पहिलो चोटी विवाहीत महिलाहरुलाई लक्षित गरि राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको प्रतियोगीतात्ममा २५ जना पछि भट्टराईले उपाधी हात पार्न सफल भएकी हुन् ।

उपाधी हात पारे सँगै उनले टिभिएस जुपीटर स्कुटर, लेटमिइनको तर्फवाट एक लाख ५० हजार बराबरको उपहार, कस्मेडको तर्फवाट ५० हजारको पिफ्ट भौचर साथै इजी ट्रिप ट्राभलको तर्फवाट ४ दिन मलेसियाका भ्रमणको अवसर प्राप्त गरेकि छिन् ।

दोस्रो हुन सफल जनकपुरकी दिपीका राईले लाभा स्माट मोवाइल फोन ,एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, लेट मि इनको तर्फवाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरिन् भने मिस व्यूटीफुल आइजको अवार्ड पनि हात पारीन ।

त्यस्तै थर्ड रनरअप कल्पना वराल खतिवडा भइन भने उनले मिस पपुलर अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप कृष्टी कार्की भइन भने उनले मिस मल्टिमिडिया अवार्ड पनि हातपारीन ।

अन्य विभिन्न सव टाइटल अन्तरगत अर्गनाइजर च्वाइस इश्वरी श्रेष्ठ तामाङ,ट्यालेन्ट अवार्ड कविता राजवंसी शाह,पर्सनालीटी अवार्ड सिर्जना श्रेष्ठ,फोटोजेनीक अवार्ड ज्योती वस्नेत,वेष्ट हेयर कविता ओझा सिग्देल,वेष्ट फिगर मिना राई,वेष्ट वाक सफला ताम्राकार,वेष्ट डे«स मिना खनाल, वेष्ट स्माइल कनक चतुरवेदी,वेष्ट फेन्डसीप अम्वीका थापा,भिर्योस च्वाइस राधिका थापा श्रेष्ठ,वेष्ट स्कीन शान्ति लिम्वु र वेष्ट डिसिपीलीन सुजना लामाले जितेका थिए ।

दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो। प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।