लोकतन्त्र कि मनपरि तन्त्र

Avatar photo
Dhadingpost
बिहिबार, पुस २०, २०७४

पौष २० । नेपालमा प्रजातन्त्र राजतन्त्र गणतन्त्र लोकतन्त्र भनेको मनपरितन्त्र हो ? बुझ्न नसकेको कुरा तपाईहरू समक्ष पस्किदै छु ।

हाम्रो ईतिहास संस्कार परम्परा ईस १८२५ देखि यतालाई मात्र हेर्ने हो भने पनि नेपाल एकिकरण देखि राणा शासन प्रजातन्त्र पञ्चायती शासन राजतन्त्र बहुदलीय ब्याबस्था हुँदै २०६२-६३ देखि गणतन्त्र लोकतान्त्रिक पद्धति मा देश अगाडी बढेको छ ।

राजतन्त्रमा त थाहा थियो, राजाको श्रीमती राजको छोरा छोरी राजकुमार राजकुमारी र शासनको उत्तराधिकारी जन्मदै मान् पदबि कर्णेल जर्नेल हुने गर्थे र परिवार नै राजामाहाराजको दर्जामा पदासिन हुन्थ्य । तर जनयुद्ध र २०६२-६३ को जनआन्दोलनबाट देशले गणतन्त्रिक लोकतन्त्रिक प्रणाली लागु गरि २२५ बर्षिय जाहनिय राजतन्त्रको अन्त गरेर देशमा गणतन्त्र आयो ।

यसमा परिबर्तन चाही के भयो ? के आयो ? एउटा नेताले प्रतिनिधी सभा प्रदेश सभामा चुनाब जितेर माननिय (सभासद) भए पछी यो समानुपातिकको नाम राखेर आफ्नी श्रीमती साली छोरी केही नभयर प्रेमिका र नेताको नातेदार आप्रे पाप्रे धुपाउरेहरूलाई समेत समानुपातिक सदस्य मा लानुको औचित्य के हो ? के नेताको श्रमती साली छोरी प्रेमिका नातेदार भाउजु बुहारी परिवार भन्दा बाहिरको कुनै योग्य मानिसहरू (महिला पुरूष) छैन ? नेताको श्रीमतीहरू लानको औचित्य के हो ? नेताको श्रीमतीको औकात हैसियत के हो ? के यिनीहरू भन्दा शिक्षित बुद्दिजीबी पढे लेखेको अरू महिला हरू थिएनन् ? के नेताको परिवार नातागोता फरियाको साईनो भन्दा बाहिरको मानिस आऊन हुदैन थियो ? कि गर्न सकिदैन यो कुराको जबाफ छ ? देश खान जुन पद्दति आए पनि यस्तै भएपछी परिबर्तन चाही के भयो के आयो ? यसको जबाफ के छ ? स्थानिय तह प्रदेश सभा र प्रतिनिधी सभाको ३ तहको चुनाब गरेर तिनै तहको ननप्रतिनीधि छानिई सके ।

खै ? स्थानिय तहका निर्वाचित जनप्रतिनिधिहरु कता हराए, हिजो चुनावमा गरेको भाषण कता हरायो ? जनतालाई स्थानिय तह गठन पश्चात झ नै सास्ती भएको छ, एउटा सिफारिसको लागि पाटकौँ पटक नमस्कार गर्नु पर्छ, हिजो एउटा राजाको विरुद्ध विरुद्ध लडेका जनताले आज हजारौ राजा जन्माउन हो ? आज गाउँ टोल टोलमा निर्वाचित प्रतिनिधि नामक टोले राजाहरु देखा परेका छन्, बारीमा मोल बोक्न देखि मेला पर्म गर्न पनि आफुको स्वीकृति लिनुपर्ने जस्ता अभिव्यक्ति दिईरहेका छन् ।

स्थानिय तहका नगर वा पालिका अध्यक्ष र सदस्यहरुको काम खै के हो ? दैनिक कार्य सम्पादन कार्यकारी र वडा अध्यक्षले गरेको देखिन्छ अरुको कामै रहेनछ किन दुनियाँलाइ जागिर खुवाउन नचाहिन सदस्यहरुको बोझ जनतामा थुपारियो ।

अझ समानुपातिक किन ? यसको औचित्य के हो ? अरबौ खर्च गरेर चुनाब किन गरियो ? नेता ज्यू हो चुनाब नगरी समानुपातिक बाट छानेको भए हुने थिएन ? त्यो पैसाले भुकम्प पिडित बाढी पिडितलाई कति राहत हुने थियो । जुन जोगी आएपनि कानै चिरेको काहा बाट हुन्छ ? परिबर्तन ।

ईराकमा १३००० डलरमा बिक्री भएर नरकिय जिवन बिताऊन बाध्य भएकी एउटा महिला आवाज़ कस्ले सुन्यो कुन नेता राष्टपती ले गर्यो ? रबि लामिछानेले मात्र गर्यो भनेपछी यो देशको नेता राष्टपति को हो ? समानुपातिकमा श्रीमती साली बुहारी भाऊजु ल्याऊनकी नेपाली जनताको नेतृत्व गर्न ? कस्ले गरेको छ अहिले देशको नेतृत्व जानकारी होस । आर्थिक समृद्धी कुराले हुँदैन कार्यशैली बदलिन जरुरी छ । धेरै राजाहरुको अन्त्य जरुरी छ, क्षमता र दक्षताका आधारमा मुलुकको नेतृत्व गर्ने शासन प्रणलीको विकल्प खोजिनु पर्छ ।

नेपाल जलश्रोतको धनी मुलुक बन्ने भयो भनेर ब्राजिलले नेपाललाई सल्लो उपहार दियो र नेपालका हरेक जंगलमा सल्ला रोपेर सुख्खा डाँडा परिणत गरि हिजोको राजाले ब्राजिललाई नै पहिलो जनश्रोतको धनी देश बनाउन सहयोग गरे आजका राजाहरुले पनि अरु कै देखा सिखि गर्ने, आफन्त दातागोतालाई व्यवस्थापन गर्न अनेको पदहरु सृजना गर्ने परिपाटीको अन्त्य अत्यवश्यक छ ।