धादिङको गोईराङमा तमु ल्होछार विशेष कार्यक्रम हुने

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १४, २०७४

धादिङ पौष १४ । गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारको अवसरमा बेनिघाट रोराङ गाउँ पालिका वडा न १० को गोईराङ गुम्बा परिषद् मा बिशेष साँस्कृतिक कायृक्रम हुनेभएको छ ।

धादिङको प्रतिनिधि सभा क्षेत्र नं. १ मा पर्ने यस गुम्बा परिषरमा पौष १५ गते अर्थात पन्द्र पुसको दिन हुने तमु ल्होछार विशेष कार्यक्रम राष्ट्रिय तथा जिल्ला स्तरिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक संस्थाका मणिराज गुरुङले बताउनु भयो ।

गुरुङले कार्यक्रम भव्य सभ्य र मनोरञ्जन युक्त हुने हुदा कोहि नछुट्न र गुरुङहरुको नयाँ वर्ष भव्य रुपमा मनाउन समेत अनुरोध गरे ।

प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठीको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सदस्य शालिकराम जमकट्टे र गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि डल्लाकोटी) लगायतको समेत प्रवचन हुने आयोजकले बताएको छ ।