त्रीपुरेश्वरमा एक घर एक धारा स्थानिय हर्षित

Avatar photo
Dhadingpost
बिहिबार, पुस १३, २०७४

धादिङ पौष १३ । धादिङको त्रीपुरासुन्दरी ७, खहरे स्थित घ्याम्पेखोला एक घर एक धारा खानेपानी आयोजना सकिए सँगे स्थानियहरु हर्षित बनेका छन् ।

घ्याम्पेखोला खानेपानी परियाजेना अन्तरगत ६४ लाख ८९ हजार ६७० रुपैँयाको लागतमा २०९ घरधुरीमा खानेपानी धारा पुगेपछि स्थानियहरु हर्षित बनेका हुन् ।

को अन्तिम सार्बजनिक लेखापरिक्षण सकिएसँगै अक्स्फाम र एक्सन नेपालको साझेदारिमा सन्चालित त्रीपुरेश्वरका पाँचवटा खानेपानी आयोजनाहरुको निर्माण कार्य सम्पन्न भए पश्चात स्थानियहरुले खानेपानीको समस्या टरेको भन्दै सहयोगी दाता एक्सन नेपाल र अक्स्फामलाई धन्यबाद धन्यावाद समेत दिए ।

समुदायको ३५ प्रतिशत श्रमदान र संस्थाको ४२ लाख १८ हजार २८५ रुपैँया ८८ पैसा गरी कुल ६४ लाख ८९ हजार ६७० रुपैँयामा निर्माण सम्पन्न भएको यस खानेपानी आयोजनामा मिटर जडान गरिएको भएपनी सामान्य मर्मतमा लाग्ने थोरै रकम मात्र उठाइने भन्दै निर्धक्क सँग पानी उपभोग गर्न त्यसै वडाका वडाध्यक्ष देबराज धरेलले उपभोक्तालाई आग्रह गरे ।

एक्सन अक्स्फामको सहयोगमा त्रीपुरेश्वरमा निर्माण भएका पाँचवटै खानेपानी आयोजनाहरुको स्वामित्व अब वडा कार्यलयले लिने जानकारी गराउँदै सोही संस्थाहरुलाई आफ्नो वडाका अन्य क्षेत्रहरुमा पनि सहयोग गर्न अध्यक्ष धरेलले अनुरोध गरे ।

घ्याम्पे खोला खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्नुहुने संस्था तथा समस्त उपभोक्ताहरु प्रति आभर प्रकट गर्दै आयोजनाका अध्यक्ष गोबिन्द अधिकारी र वडाध्यक्ष द्वयले संयुक्त रुपमा अक्सफामका इन्जिनियर सुरज परियार, एक्सनका कार्यक्रम संयोजक देविरमण आचार्य लगायत अन्य कर्मचारीहरुलाई अबिर तथा खादा ओढाइ सम्मान गरेका थिए ।