बेल्जीयममा अन्तरक्रिया सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, पुस १२, २०७४

बेल्जीयम पौष १२ । नेपालबाट विभिन्न पेशा व्यवसायको शिलसिलामा युरोपमा रहेका नेपालीहरु र नेपाल सरकारका प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको छ ।

गैर गैरआवासिय नेपाली संघ वेल्जीयमको आयोजनामा भएको उक्त अन्तरक्रियामा गैरआवासिय नेपालीहरुलाई नेपालको विकास र समृद्धिमा कसरी सहभागि गराउने भन्ने विषयमा छलफल भएको लोकदाहालले बताए ।

गैर आवासिय नेपाली संघ बेल्जीयमका अध्यक्ष समेत रहेका दाहालले नेपालको सरकारी टोलीको नेतृत्व गर्नुभएका सहसचिव कृष्णप्रसाद ढकालले गैरआवासिय नेपाली संघले प्रशंसनिय काम गरेको बताए ।

धादिङ बुढाथुम घर भएका अध्यक्ष दाहालले भने, एनआएनएले संसारभरी छरीएर रहेका करिब ५० लाख नेपालीलार्य एउटै छहारीमुनि ल्याउने काम गरेको छ । ‘संसारभरी छरीएर रहेका सक्रिय नेपालीहरुसँग आत्मीय र घनिष्ट सम्वन्ध कायम गर्न सफल भएको छ ।’ अब नेपाल सरकारले गैरआवासिय नेपालीहरुसँग नेपालको विकास र समृद्धिमा साझेदारीको अपेक्षा गरेको बताए ।

कार्यक्रममा वेल्जीयमका लागि नेपाली राजदूत, गैरआवासिय नेपाली संघका उपाध्यक्ष कुलचन्द्र आचार्य, सचिव जानकी गुरुंग, महिला नेतृ रजनी प्रधान, शिवकुमार बडुवाल, केन्द्रीय सलाहाकार सुरेन्द्र श्रेष्ठ, पत्रकार, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु सहभागि रहेका थिए ।