चर्चा पश्चात् धादिङ महाेत्सब नहुने

Avatar photo
Dhadingpost
बुधबार, पुस १२, २०७४

Rtn Ashokkumar Basnet
यतिका चर्चा पश्चात् धादिङ महाेत्सब नहुने कुरा अाफैमा राम्रो त हाेइन नै तथापि खस्किदाे ब्यापार अाकाशिदाे सटर भाडादर, अस्तब्यस्त बजार र पेटी व्यवसाय ,समयसापेक्ष व्यवसायीक कला-क्षमता विकासमा सुन्यता, व्यावसायिक स्थायित्व का लागि सडक स्तरउन्नति तथा उद्योग विकासका क्षेत्रमा पहलकदमीमा सुन्यता ।

२-४ जना ठुला व्यवसायी बाहेकका बाँकी सबैका अवस्था भित्रभित्रै जर्जर हुनु, रातारात भाडास्वार्थकै कारण घरपेटी द्वारा व्यवसायी लखेटिन बाध्य हुनु,चन्दा र धम्कीले अाक्रान्त हुनु,अस्वस्थ प्रतिस्पर्धा हुनु, साना पुँजीबाट सन्चालित अधिकाम्स पसल बन्द हुने अवस्थामा पुग्नु , जिल्लाका राजनीतिक ,संघ -संस्थागत तथा सरकारी क्षेत्र का नेतृत्वलाई जिल्लाका समग्र बिकासका सम्भावना र हुनसक्ने सहयाेगकाे क्षेत्रमा उचित बाैद्धिक तथा तार्किक नेतृत्वदायी भुमिका मा ठुलाे खडेरी रहँदै अाएकाे कुरा हामी सबैले अात्मसमिक्षा गर्नु जरुरी छ अन्यथा संस्थालाई उपयोग गरेर अार्थिक, राजनीतिक र ब्यक्तिगत व्यावसायिक स्वार्थमा ढालिरहने मात्रै हाे भने अाम व्यवसायीलाई उद्योगबाणिज्य संघ हुनु र नहुनुमा खासै अर्थ न देखिंदै अायाे न देखिनेवाला नै छ।तसर्थ सबै प्रकारका स्वार्थ पन्छाएर कसैलाई काखा र पाखा नगरीकन नितान्त व्यावसायिक काेणबाट अर्थपूर्ण बहसको अावस्यकता खडि्कसकेकाे छ , सबैलाई स्मरण रहाेस् ।