जनगायक नविन खड्का र गायिका स्मिता दाहालको गीतमा युवा व्यवसायी देखि सञ्चारकर्मीसम्म (भिडियो सहित)

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ११, २०७४

अनिस तामाङ
युएई, पुष ११ । नेपाली गीत संगीतको क्षेत्रमा प्रगतिशील गीतहरुको खडेरी लागिरहेको बेला गायक तथा संगीतकार नविन खड्काले “नेपालको पानी जनताको लगानी” नामक गीति भिडियो बजारमा ल्याएको छ ।
पुर्व उर्जामन्त्री एवं गृहमन्त्री जनार्दन शर्माले परिकल्पना गरिएको “नेपालको पानी जनताको लगानी” बोलको उक्त गीतलाई प्रगतिशील कलाकार संघ युएईका कलाकारहरुको प्रस्तुति रहेको छ ।
युएईको विभिन्न भागमा छायाँकन गरिएको उक्त भिडियोमा नेपाली जनप्रगतिशील मन्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम विश्वकर्मा, सल्लाहकार प्रमुख शम्भु वाईबा, मन्चका प्रवक्ता तथा प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ , सफल युवा व्यवसायी ओम उप्रेती, मोडल अन्जुली लोप्चन लगायतले अभिनय गरेका छन ।
गायक तथा संगीतकार नविन खड्का र गायिका स्मिता दाहालको स्वरमा रहेको उक्त गीत दर्शक श्रोताहरुले मन पराउने पुर्वअनुमान गरिएको छ । शब्द संकलन र संगीत स्वयं नबिन खडकाको रहेको उक्त भिडियोलाई अक्सिजन मिडियाले बजार ल्याएको छ ।
प्रगतिशील कलाकार संघ युएईको प्रस्तुतिमा कलाकार तथा निर्देशक राजेश लामाको निर्देशन, दिपक विष्टको सम्पादन रहेको उक्त भिडियोलाई गगन बि.क ले छायाँकन गरेका छन ।