चीनको चमत्कारः उभयचर बिमान

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ११, २०७४

एजेन्सी पौष ११ । । विकास र आर्थिक समृद्धिमा यूरोपलाई चुनौति दिँदै आई रहेको चीनले विकास गरेको विश्वकै सबैभन्दा ठूलो ‘उभयचर बिमान’ बनाएर प्रयोगमा ल्याएको छ ।

बोइङ ७३७ को एजी ६०० नाम दिएको उक्त उभएचर विमानले आइतबार साउथ चाइना समुद्रको किनारामा रहेको एउटा विमानस्थलबाट आफ्नो पहिलो उडान भरेको हो ।

उक्त जहाजले ग्वाङडोङ राज्यको जुहाइ विमानस्थलबाट पहिलो पटक उडान भरेको थियो। जहाज उडानको बेला सेनाको धुन बज्नुका साथै चिनियाँ झण्डा फहराइएको थियो ।

उडान अवधि एक घन्टाको रहेको बीबीसीले जनाएको छ। समुद्रमासमेत गुड्ने जहाजमा ५० जना मानिस अट्ने क्षमताको रहेको छ भने १२ घण्टासम्म उडिरहन सक्छ।

आगलागी नियन्त्रण, समुद्री विपद्का बेला उद्दारका लागि तयार पारिएको उक्त जहाज सैनिक गतिविधिका लागिसमेत उपयोगी हुने छ। जहाज निर्माण ८ वर्षअघिबाट थालिएको थियो । चीनले यस्ता १७ वटा जहाज बनाउन अर्डर गरिसकेको छ।