सरोज बचाउन कोरियाबाट सहयोग प्राप्त (समाचार प्रभाव)

Avatar photo
Dhadingpost
आइतवार, पुस ९, २०७४

इश्वर दाहाल
धादिङबेसी पौष ९ । धादिङको नेत्रावती गाउँपालिका वर्डा नम्बर ५ कटुञ्जे हुलाकगाउँका १३ वर्षिय सरोज तामाङलार्इ बचाउन १ लाख ६८ हजार पाप्त भएको छ ।

धादिङपोष्ट डटकमले कार्तिक १५ गते तेह्र वर्षिय बालकलाई बचाउन सहयोगको अपिल भन्ने शिर्षकमा समाचार प्रकाशित गरे सँगै सहयोगको पहल भएको थियो ।

बोन म्यारो क्यान्सरले पिडित बनेका सरोज उपचार खर्च अभाव मा थप टड्पि रहेका बेला उपचारमा सहयोग पुगोस भनेर सहयोग जुट्नेक्रम जारी रहेको छ ।

विविध ठाउँका नेपालीहरूले सहयोग गर्ने क्रममा कोरियामा एल एम कार्लोस भनिने अर्नुन तामाङ मार्फत उठाइएको सहयोग १७ लाख ९६ हजार संकलन भएको छ ।

उक्त रकम प्राप्त गरी अर्जुन तामाङका अभिभावक राम तामाङले सबै सहयोगीहरूलार्इ कृतज्ञता प्रकट गरेका छन् । थप सहयोगको समेत तामाङ आशा राखे बताएका थिए ।

धादिङपोष्टले प्रकाशित गरेको यस अघिको  समाचार यस्तो थियो ( भिडियो सहित)

तेह्र वर्षिय बालकलाई बचाउन सहयोगको अपिल